माछा मार्न खोज्दा फेला पर्यो अजिङ्गर

सप्तरी, १३ भदौ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ स्थित गिदखोरामा आज एक अजिङ्गर फेला परेको छ ।

खाडलमा माछा मार्ने क्रममा स्थानीयवासीले सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला पारेपछि त्यसलाई नियन्त्रणमा लिई भारदहस्थित इलाका प्रहरी कार्यालयमा बुझाएका थिए ।

उक्त अजिङ्गर रुपनगरस्थित इलाका वन कार्यालयका सहायक वन अधिकृत उमेश यादवको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए । वन कार्यालयले पनि कोशीटप्पु वन्यजन्तु आरक्षलाई उक्त अजिङ्गर बुझाउने जनाइएको छ ।

Loading...