तनहुँ । गोरखा-चितवन चल्ने यात्रुबाहक बस तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरा क्षेत्रमा आज दिउँसो दुर्घटनामा परेको छ। ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा हेर्दाहेर्दै खसेको हो ।
बस रोकेर केही यात्रु ऐना पहरा घुम्न गएका थिए भने केही यात्रु बसभित्रै थिए। बस पार्किङबाट स्टार्ट गरी सडकमा ल्याउन लाग्दा हुत्तिएर पछाडि सदै सडकबाट केही मिटर तल खसेको हो।
दुर्घटनामा चालकसहित ५ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई आँबुखैरेनीस्थितअस्पतालमा उपचारका लागि लगिएको छ। एक दर्जन मानिसहरु भने बस पछाडि हुत्तिन थालेपछि बसबाट ओर्लन सफल भएका एक प्रत्यक्षदर्शीले बताए ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। ऐना पहरा क्षेत्रमा यसअघि पनि पटकपटक दुर्घटना भएको थियो।
तस्बिर: प्रकाश श्रेष्ठ।






