अन्ततः नेमारले भने, ‘म पीएसजी छोडेर कतै जाँदिन’

काठमाडौं । नेमार जुनियर पछिल्लो समयका सबैभन्दा महंगा खेलाडी हुन् । फ्रान्सेली फुटबल क्लब पीएसजीमा रहेका नेमार यस सिजन अर्कै क्लबमा जाने चर्चा थियो । अहिलेसम्म पनि उनी फेरि पुरानो क्लब बार्सिलोनामा जाने वा बार्साको चिरपरिचित प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिड जाने चर्चा चलिरहेको थियो । तर, यसैबीच अन्ततः नेमारले अब आफू पीएसजीमै बस्ने बताएका छन् । उनले आफू पीएसजीमै खुशी भएको भन्दै अरु क्लबमा नजाने जानकारी क्लबलाई गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि बार्साले त नेमारलाई अनुबन्ध गर्न केही प्रस्तावहरु नै राखेको थियो। त्यसैगरी रियल म्याड्रिडले पनि नेमारका लागि केही प्रस्तावहरु राखेको थियो । तर पीएसजीले प्रस्तावहरु चित्त बुझ्दो नभएको बताउँदै बार्साका प्रस्ताव अस्वीकार गरेको थियो।

नेमारले आफ्ना परिवारलाई आफूले पीएसजीमै बस्ने बताइसकेको फ्रान्सेली पत्रिका एल’इक्वीपालई उदृतगर्दै मार्काले जनाएको छ।

आफू कतै अनुबन्ध हुने स्थिति नदेखेपछि नेमारले हार खाएर पीएसजीमै बस्ने योजना बनाएको अनुमान गरिएको छ । सोमबार रातिसम्म ट्रान्सफर विन्डो समाप्त हुँदैछ।

Loading...