२२ बुँदे राजनीतिक प्रतिवेदन पारित गर्दै एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न

ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटीको तीनदिने बैठक आज ललितपुरमा सम्पन्न भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि समर्थक र आलोचक दुवै धार स्पष्ट रूपमा देखिएका छन्। केही नेताहरूले ओलीको राजीनामा माग्दै नयाँ नेतृत्व आवश्यक रहेको बताएका थिए भने धेरैजसो नेताहरूले वर्तमान संकटको घडीमा अध्यक्षलाई कमजोर पार्नु गलत भएको धारणा राखेका एक सहभागीले बताए […]

३६ दिनपछि सार्वजनिक भएका देउवा संयमित, परिपक्व र विवेकी देखिए

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आगामी १५औं महाधिवेशनपछि नेतृत्वबाट विदा लिने घोषणा गर्दै संगठनलाई नयाँ नेतृत्वका लागि मार्ग प्रसस्त गरेका छन् । मङ्गलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा लिखित सम्बोधन पढ्दै देउवाले भने, “आगामी १५औं महाधिवेशनबाट म बाहेक अरू कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन।” उनले नेतृत्व हस्तान्तरणलाई प्राकृतिक र […]

चीन निकट मानिने माओवादी नेता महरा पुन: पक्राउ

काठमाडौ । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादु महरा पुन: पक्राउ परेका छन् । भेपमार्फत सुन तस्करीको अनुसन्धानका लागि उनी पुन: पक्राउ परेका हुन् । सीआईबीले उनलाई प्रकाउ गरेको प्रवक्ता शिव कुमार श्रेष्ठले पुष्टि गरेका छन् । यस अघि पनि भेप प्रकरणको अनुसन्धानमा पक्राउ गरी महरालाई तारिखमा छाडिएको थियो ।  सभामुख रहेका बेला पनि […]

गोली हान्ने आदेश सरकारले नदिएको तत्कालीन गृहमन्त्रीको जिकिर

ललितपुर । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलन दबाउन बल प्रयोग गर्ने, गोली हान्ने आदेश सरकारले नदिएको जिकिर गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय पदाधिकारी बैठकमा सहभागी भएर बहिरिने क्रममा आज शुक्रबार धारणा राख्दै पूर्वगृहमन्त्री लेखकले भदौ २३ गतेको घटनाका सम्बन्धमा […]

पूर्व प्रधानमन्त्री प्रचण्डले सम्पादकहरुको धारणा सुन्ने

Prachanda

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शुक्रबार देशका प्रमुख सञ्चार माध्यमका सम्पादकहरूसँग भेटघाट र अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ। पार्टी प्रचार विभागका सचिव बलराम थापाका अनुसार ललितपुरमा हुने उक्त कार्यक्रममा प्रचण्डले हालको राजनीतिक परिस्थिति र ‘जेनजी आन्दोलन’पछिको देशको कार्यभारबारे प्रत्यक्ष बुझ्ने प्रयास गर्नेछन्। “अध्यक्ष प्रचण्डले […]

शनिबार राजधानीमा एमालेले युवा शक्ति प्रदर्शन गर्ने

भक्तपुर । नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको सबै विवरण आफूले सुरक्षित राखेको बताएका छन्। सबैको एक-एक हिसाब हुने उनको चेतावनी छ । भक्तपुरको गुण्डुमा बिहीबार जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले आफूलाई पक्राउ गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई खुलेआम चुनौती पनि दिएका छन्। “एमाले अध्यक्ष केपी ओली र महेश […]

गुण्डुका कार्की नेतृत्वको आयोग नमान्ने भन्दै गुण्डुमै गर्जिए ओली, भन्छन्- जेजे गर्ने हो गर्नु

भक्तपुर । अपदस्थ प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्कीको नेतृत्वमा सरकारले बनाएको छानबिन आयोग अस्वीकार्य रहेको बताएका छन् । भक्तपुरको गुण्डुमा बिहीबार जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले गुण्डुकै पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग अमान्य भएको उद्घोष गरे । “प्रतिवेदन लेख्नुस्, बुझाउनुस्- हामी मान्दैनौँ ।” उनले चुनौती दिदै भने,”जे […]

प्रधानमन्त्री सुशीला कार्की सामाजिक सञ्जालमा सक्रिय

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री एवं पूर्व प्रधानन्यायाधीश सुशीला कार्की पहिलोपटक सामाजिक सञ्जालमा सक्रिय भएकी छन्। अहिलेसम्म कुनै पनि प्लेटफर्म नचलाएकी कार्कीले आइतबारदेखि औपचारिक रूपमा तीन प्रमुख सामाजिक सञ्जाल — एक्स (पूर्व ट्विटर), फेसबुक र इन्स्टाग्राम — प्रयोग गर्न थालेकी हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कार्कीको एक्स ह्यान्डल @pmsushilakarki, फेसबुक खाता PM Sushila Karki […]

माओवादीमा चाकरी गर्ने र धम्क्याउनेले आत्मसमिक्षा गर्नुपर्ने प्रचार सचिवको सुझाव

Balaram Thapa

काठमाडौ । नेकपा (माओवादी केन्द्र) को प्रचार विभागका सचिव एवं वरिष्ठ पत्रकार बलराम थापाले आफ्नो पार्टीप्रति तीखो समालोचना गर्दै भनेका छन्— “पार्टीको एजेन्डा बेवारिसे हुँदा त्यही एजेन्डा आज माओवादीको घाँटीमा तरवार बनेर बज्रिएको छ।” थापाले जेन–जेड आन्दोलनलाई राजनीतिक चेतनाको नयाँ लहरका रूपमा व्याख्या गर्दै आर्थिक असमानता र सामाजिक विभेदले भरिएको समाजमा सधैं राजनीतिक विद्रोहको बस्तुगत […]

हेटौँडा–काठमाडौँ जोड्ने दुवै सडकमा राति सवारी चलाउन नपाइने

मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने दुई प्रमुख सडकमार्गमा आजदेखि तीन दिनसम्म रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै भनेका छन्– असोज १७ गतेदेखि २० गतेसम्म मौसम पूर्वानुमानअनुसार मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले दुर्घटना र क्षति रोक्न यो निर्णय गरिएको हो । सूचना अनुसार हेटौँडा–कान्तिलोकपथमार्गमा बेलुका ४ […]