चीन निकट मानिने माओवादी नेता महरा पुन: पक्राउ

काठमाडौ । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादु महरा पुन: पक्राउ परेका छन् ।

भेपमार्फत सुन तस्करीको अनुसन्धानका लागि उनी पुन: पक्राउ परेका हुन् ।

सीआईबीले उनलाई प्रकाउ गरेको प्रवक्ता शिव कुमार श्रेष्ठले पुष्टि गरेका छन् ।

यस अघि पनि भेप प्रकरणको अनुसन्धानमा पक्राउ गरी महरालाई तारिखमा छाडिएको थियो । 

सभामुख रहेका बेला पनि महरालाई बलात्कार आरोपमा पक्राउ गरिएको थियो जो अदालतमा पुष्टि हुन नसकेपछि महरा कारागार मुक्त भएका थिए । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको केही दिन अघि महरा पक्राउ पर्नु र उनको पद जानुलाई त्यतिबेला अर्थपूर्ण रुपमा हेरिएको थियो ।

महरा चीन निकट नेपाली नेताको रुपमा चिनिन्छन् ।