काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री एवं पूर्व प्रधानन्यायाधीश सुशीला कार्की पहिलोपटक सामाजिक सञ्जालमा सक्रिय भएकी छन्।
अहिलेसम्म कुनै पनि प्लेटफर्म नचलाएकी कार्कीले आइतबारदेखि औपचारिक रूपमा तीन प्रमुख सामाजिक सञ्जाल — एक्स (पूर्व ट्विटर), फेसबुक र इन्स्टाग्राम — प्रयोग गर्न थालेकी हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कार्कीको एक्स ह्यान्डल @pmsushilakarki, फेसबुक खाता PM Sushila Karki ([email protected]) र इन्स्टाग्राम pm.sushila.karki ([email protected]) सञ्चालनमा ल्याइएको छ ।
राजनीतिक परिवर्तनको कारण बनेको जेन–जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीको सामाजिक सञ्जाल प्रवेशलाई धेरैले कौतुहलतापूर्वक नियालेका छन्।
स्मरण रहोस्, तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा सुरु भएको त्यही जेन–जी आन्दोलनले अन्ततः ओली सरकारको पतन र सुशीला कार्कीको उदय दुवै सम्भव बनाएको थियो।
अब, आफ्नै नेतृत्वमा बनेको अन्तरिम सरकारको पारदर्शिता र जनसंवादलाई कार्कीले कत्तिको प्राथमिकता दिन्छिन् त्यो भने समयले नै देखाउनेछ ।






