दण्डहीनता प्रोत्साहन गर्ने र प्रतिशोध साध्ने काम तत्काल रोक्न कांग्रेसको चेतावनी

ललितपुर । नेपाली कांग्रेसले सरकारलाई दण्डहीनतालाई प्रोत्साहन नगर्न र प्रतिशोधको राजनीति रोक्न ध्यानाकर्षण गराएको छ। पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा गृह मन्त्रालयले २०८२ असोज ९ गते सार्वजनिक गरेको विज्ञप्ति र त्यसकै आधारमा जारी परिपत्र संविधानवाद, कानूनी राज्य र विधिको शासनविरुद्ध भएको आरोप लगाइएको छ। उनले यो कदमले पीडितलाई आतंकित बनाउने र […]

कानुन विपरीतका सबै सुविधा फिर्ता गराउन संसद्लाई सरकारको पत्र

काठमाडौं । सरकारले कानुन विपरीतका सबै सुविधा फिर्ता गराउने निर्णय कार्यान्वयन गर्न संघीय संसद् सचिवालयलाई पत्र लेखेको छ ।अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने निर्णय सरकारको छ । यही असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर अर्थ मन्त्रालयले सेवानिवृत्त […]

शेरबहादुरका साला र आरजुका भाइ भूषण राणाको घरमा प्रहरी छापा

ललितपुर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा आइतबार साँझ प्रहरीको विशेष टोलीले छापा मारेको छ। सीआईबी (केन्द्रीय अनुसन्धान ब्युरो) बाट खटिएको टोलीले ललितपुरको जावलाखेलस्थित राणाको निवास वरिपरि घेराबन्दी गर्दै खानतलासी सञ्चालन गरेको हो। छापामा स्थानीय प्रहरी पनि संलग्न थिए।  घरभित्र रहेका कागजात, कम्प्युटर, मोबाइललगायतका विद्युतीय उपकरणहरू जफत गरिएको श्रोतले […]

३३ सालदेखिको परम्परा तोड्दै नेपाली कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ। भाद्र २३ र २४ गतेको अकल्पनीय राजनीतिक घटनाक्रममा ७२ जनाभन्दा बढीले ज्यान गुमाएको र मुलुक शोकमा डुबेको परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसले चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी […]

देशमा स्थायित्व ल्याउन सम्पूर्ण शक्ति एकजुट हुनुपर्नेमा जोड

ललितपुर । जेन जेडले भ्रष्टाचार नियन्त्रण र जनताको पक्षमा वकालत गर्ने राज्य प्रणाली चाहान्छ भन्दै सरोकारवालाले देशमा स्थायित्व ल्याउन सम्पूर्ण राजनीतिक दल एक ठाउँमा हुनुपर्नेमा जोड दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ललितपुरले आयोजना गरेको जेन जेड विद्रोह, नयाँ परिस्थिति र अबको निकास विषयक अन्तरक्रियामा स्थायी समिति सदस्य कर्णजीत बुढा (सुशील)ले सबैको धारणा बुझेर आम […]

ओलीको दावी : आफ्नो हातमा केही नरहेको थाहा पाएपछि राजीनामा दिएको हुँ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको हिंसात्मक घटनाबारे सत्यतथ्य छानबिनको माग गरेका छन् । शनिबार भक्तपुरको गुन्डुमा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष अ‍ोलीले सो माग गरेका हुन् । ओलीले गोलीकाण्ड र त्यसपछिको घटनाक्रमबारे व्यक्त गरिएका चिन्ता र सरकारप्रति उठेका प्रश्नका सबालमा समेत […]

प्रचण्डकै नेतृत्वमा माओवादी महाधिवेशन, केन्द्रीय समिति आयोजक समितिमा रुपान्तरण

काठमाडौं । नेकपा माओवादी केन्द्रको दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले आफैँलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ । केन्द्रीय समिति आयोजक समितिमा रुपान्तरण हुँदा पुष्पकमल दाहाल प्रचण्ड पनि अध्यक्षबाट संयोजकमा रुपान्तरित भएका छन् । काठमाडौंको प्रज्ञा भवनस्थित बैठकस्थलबाट बाहिरिँदै गर्दा प्रचण्डले पत्रकारहरूलाइ सम्छिप्त प्रतिक्रिया दिए, ‘म अब अध्यक्ष रहिँन, संयोजक भएँ ।’ प्रचण्डको यो […]

तत्काल शासकीय स्वरुप परिवर्तन गर्न नसकिने प्रधानमन्त्रीको प्रष्टाेक्ति

Sushila karki

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले वर्तमान अन्तरिम सरकारले संविधान संशोधन वा शासकीय प्रणाली परिवर्तन गर्ने अधिकार नभएको स्पष्ट पारेकी छन् । बिहीबार देशवासीका नाममा विशेष सम्बोधन गर्दै उनले जेन–जेड आन्दोलनका क्रममा उठेका राजनीतिक मागबारे प्रत्यक्ष कदम चाल्ने जिम्मेवारी आगामी निर्वाचनपछिको संसदकै हुने बताइन् । उनले भनिन्, “छ महिनाको म्याद पाएको यस सरकारलाई सबै आन्दोलनका माग […]

ललितपुर-१ मा अभियन्ता महतको उम्मेदवारी घोषणा

  ललितपुर । ललितपुर प्रतिनिधिसभा क्षेत्र नं. १ मा नयाँ राजनीतिक बहसका साथ अभियन्ता सनोज महतले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। ‘नागरिक प्रथम अभियान’ का अभियान्ता महतले बिहीबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। उनले वैकल्पिक राजनीतिक संरचना र नयाँ शासन प्रणालीबारे बहसलाई केन्द्रीत गर्दै उम्मेदवारी घोषणा गरेका हुन्। महतले आफूलाई केवल […]

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा उपाध्यक्ष श्रेष्ठको छुट्टै प्रस्ताव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष महाधिवेशनमा जाने प्रस्ताव प्रस्तुत गरेलगत्तै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि लिखित प्रस्ताव पेश गरेका छन् । ‘तरलतायुक्त परिस्थिति र हाम्रो कार्यभार’ शीर्षकमा प्रस्तुत गरिएको उक्त प्रस्तावमा केही बुँदामा सहमति जुट्न नसकेकाले वैकल्पिक सुझावसहित राखिएको उपाध्यक्ष श्रेष्ठले स्पष्ट पारे । उनले यसअघि पनि […]