काठमाडौं । धनुषाकी २२ बर्षीया निर्मलादेवी यादवको हत्याबारे खतरनाक रहस्य खुलेको छ । भाउजूसँगको अबैध सम्बन्ध लुकाउन मुकेश गोइतले श्रीमती निर्मला यादवलाई जिउँदै आगो लगाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। धनुषाको शहीदनगर नगरपालिका १ चिरैया बस्ने मुकेश यादवले ५ वैशाखमा २२ बर्षीया पत्नी निर्मलादेवी यादवको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । निर्मलाको उपचारका क्रममा १६ […]
मुख्य समाचार
लहडमा पाठ्यक्रम प्रारुप ल्याइएको भन्दै सरकार निकट कर्मचारी संगठनले नै दियो यस्तो चेतावनी
काठमाडौं । व्यक्तिगत लहडमा पाठ्यक्रम प्रारुप सार्वजनिक गरिएको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कर्मचारी संगठनले आपत्ती जनाएको छ । पाठ्यक्रम विकास केन्द्रद्वारा सार्वजनिक गरिएको राष्टिय पाठ्यक्रम प्रारुप र त्यसैकै आधारमा बनाइएको पाठ्यक्रम प्रति संगठनले आपत्ती जनाएको हो । नेपाल सरकारले स्वीकृती नै नगरेको राष्ट्रिय पाठ्यक्रम प्रारुप- २०७५ को हवाला दिँदै पाठ्यक्रम समेत […]
सात हजार घुससहित पक्राउ परे वनका फरेस्टर
रुकुम । सेवाग्राहीबाट लिएको घुस लिँदै गरेका एक कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । चौरजहारी नगरपालिका–११, को चौफामा रहेको सब डिभिजन वन कार्यालयका निमित्त प्रमुख फरेस्टर महेन्द्र बिसीलाई अख्तियार दुरूपयोग अनुसन्धानआयोगको कार्यालय सुर्खेतको टोलीले ७ हजार घुस सहितपक्राउ गरेको हो । बिहीबार दिउँसो मुसिकोट नगरपालिका–१, कालिकास्थानमा रहेको एक होटेलबाट घुस लिएको रकमसहित […]
दाँत माझ्ने कोलगेट मञ्जनमा क्यान्सर विकास गर्ने खतरानाक रसायन
काठमाडौं, २६ बैशाख । कोलगेट धेरैले दैनिक प्रयोग गर्ने मञ्जन हो । बिहानसाँझ दाँत माझ्न प्रयोग गर्ने यही कोलगेट मञ्जनमा एक अध्ययनबाट क्यान्सर विकास गर्ने खतरानाक रसायन भेटिएको छ । कोलगेटमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको हो। यो रसायनले क्यान्सरको कोष विकास गर्न सहयोग पुर्याउँने टक्सीकोलोजी नामक एक जर्नलले जनाएको छ । […]
लोकसेवामा ११ हजार बढी दरवन्दी खुल्दै
काठमाडौँ । लाेकसेवा आयाेगले ११ हजार भन्दा बढी दरवन्दीका लागि विज्ञापन आह्वान गर्ने भएकाे छ । विभिन्न स्थानीय तहमा रहेका रिक्त दरवन्दी पूरा गर्नका लागि याे विज्ञापन आह्वान गर्ने तयारी भएकाे हाे । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ९७ हजार ५३० दरबन्दी रिक्त रहेकाे जनाएकाे छ । ती रिक्त पद पूर्ती गर्न […]
कानुन विपरित सभामुख महराले स्वकिय सचिवालयका कर्मचारीको सुविधा बढाए
काठमाडौं, २६ बैशाख । सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद् सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन् । उनीहरूलाई सुरु तलब स्केलअनुसार तलब मात्र उपलब्ध गराउने कानुनी व्यवस्था छ । तर सभामुख महराले व्यवस्थापन समितिको बैठक बोलाएर आफ्नोलगायत उपसभामुख शिवमाया तुम्बाहाङ्फे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपाध्यक्ष शशीकला दाहालका स्वकीय सचिवालयमा रहने कर्मचारीको तलब […]
ओली सरकार राणा र पञ्चायति शैलीमा हिडेको दावी
काठमाडौ, २५ बैशाख । प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता र जनअधिकार दिनदिनै संकटमा पर्दै गएको एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपालले काठमाडौंको अनामनगरस्थित संवाद डवलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा राष्ट्रिय जन मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तामा बस्नेहरुले आस्था र विचारका आधारमा फरक मत राख्नेहरुप्रति पूर्वाग्रह […]
नेकपाका पोलिटब्यूरो सदस्य रणविर कोहलपुर र नेपालगञ्जबीच पक्राउ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ लाई प्रहरीले गिरफ्तार गरेको छ । नेता रणवीरलाई बुधबार बाँकेको गनापुरबाट गिरफ्तार गरिएको बताइएकाे छ । नेपालगञ्ज र काेहलपुरकाे बीचमा पर्ने गनापुरबाट उनलाइ प्रहरीले गिरफ्तार गरेर इलाका प्रहरी कार्यालय काेहलपुरमा राखिएकाे बुझिएकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले नेता […]
स्थानीय सरकारको पैसा जति सबै जनप्रतिनिधिको व्यक्तिगत खातामा
लमजुङको दोर्दी करिडोरका चार जलविद्युत् आयोजनाले सडक बनाउन दोर्दी गाउँपालिकाका लागि विनियोजन गरेको रु.१ करोड मनोमानी खर्च गर्न थालिएको छ । यसबारे न गाउँसभामा जानकारी गराइएको छ न त गाउँपालिकाका सदस्यहरूलाई थाहा छ । दोर्दी करिडोरमा निर्माणाधीन चार जलविद्युत् आयोजनाले नौथर सेरा छोटे खोला ताँजे सडकका लागि चालु आर्थिक वर्षमा प्रति आयोजना रु.२५ लाख दोर्दी […]
सडकमा हिडिरहेका १३ बालबालिकामाथि एकाएक दौडियो कार
जापान । जापानको ओस्टु सिटीमा भयानक दुर्घटना भएको छ । कारले कम्तिमा १३ जना बालबालिकालाइ ठक्कर दिएको घटना अहिले विश्वभर भाइरल भएको छ । पश्चिम जापानको शिगा प्रान्तस्थित ओस्टू सिटीमा यस्तो घटना भएको हो । उक्त सिटीमा कारले किचेर कम्तिमा १३ जना बालबालिका घाइते भएको बताइएको छ । घाइतेमध्ये २ जनाको मृत्यु भइसकेको र ४ […]











