लोकसेवामा ११ हजार बढी दरवन्दी खुल्दै

काठमाडौँ । लाेकसेवा आयाेगले ११ हजार भन्दा बढी दरवन्दीका लागि विज्ञापन आह्वान गर्ने भएकाे छ । विभिन्न स्थानीय तहमा रहेका रिक्त दरवन्दी पूरा गर्नका लागि याे विज्ञापन आह्वान गर्ने तयारी भएकाे हाे ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ९७ हजार ५३० दरबन्दी रिक्त रहेकाे जनाएकाे छ । ती रिक्त पद पूर्ती गर्न  मन्त्रालयले रिक्त दरवन्दीकाे सङ्ख्यासहितको विवरण बैशाख २० गतेसम्म पठाउन सबै स्थानीय तहलाइ पत्राचार गरिसकेकाे थियाे । साेही अनुसार अहिलेसम्म ४ सय ३४ वटा स्थानीय तहले मात्रै आफ्नाे विवरण पठाएका छन् ।

४३४ स्थानीय तहले दिएकाे विवरण अनुसार अहिले ११ हजार ३ सय ४६ दरवन्दी पूरा गर्ने तयारी गरिएकाे छ । त्यसका लागि सबै प्रक्रिया लाेकसेवा आयाेगमा पठाउने अन्तिम तयारी भएकाे छ । लाेकसेवा आयाेगबाट आगामी जेठ १ गतेसम्म विज्ञापन खुल्ने तयारी भइरहेकाे छ । 

स्थानीय तहले मन्त्रालयमा पठाएकाे विवरण अनुसार सबैभन्दा बढी दरवन्दी प्रदेश एकमा माग भएकाे छ । प्रदेश १ मा दुई हजार तीन सय ४९ दरबन्दी माग भएको छ । प्रदेश एक अन्तर्गतका ८९ स्थानीय तहले दुई हजार तीन सय ४९ जना कर्मचारी माग गरेका छन । त्यसपछि प्रदेश सातबाट एक हजार तीन सय ८४ दरवन्दी माग भएको छ । प्रदेश नम्बर सात अन्तर्गतका ५६ वटा स्थानीय तहले १ हजार ३ सय ८४ जनाकाे दरवन्दी माग गरेका छन् ।

त्यसैगरी प्रदेश दुईका ५६ स्थानीय तहले एक हजार सात सय ३२, प्रदेश तीनका ६४ स्थानीय तहले एक हजार पाँच सय ८१ माग गरेका छन् । त्यसैगरी प्रदेश नम्बर पाँच अन्तर्गतका ७३ वटा स्थानीय तहले एक हजार आठ सय ७२ जना, प्रदेश नम्बर ६ अन्तर्गतका ३४ स्थानीय तहले आठ सय २८ जनाको रिक्त दरबन्दी पठाएका छन् । स्थानीय तहबाट प्राप्त विवरण मङ्गलवार नै अद्यावधिक भइसकेको भए पनि प्रक्रियागत विषयहरू मिलाउन लोक सेवा आयोगसहित मन्त्रालयका पदाधिकारीहरू बिच हिजो र आज मन्त्रालयमा छलफल भएको छ भने भोलि थप छलफल पछि अन्तिम टुङ्गोमा पु¥याउने उच्च स्रोतले बतायो ।

मन्त्रालयले गत चैत्र १४ गते सङ्घ, प्रदेश र स्थानीय तहमा गरी एक लाख ३१ कर्मचारीको समायोजन गरिएको जानकारी दिएको थियो । जसअनुसार स्थानीय तहमा कायम गरिएको ६६ हजार ९ सय ८ दरबन्दी मध्ये ५० हजार ७ सय ९० कर्मचारी समायोजन गरेको थियो । सोअनुसार अझै १६ हजार एक सय १८ कर्मचारी अपुग देखिन्छ ।

सङ्घमा कायम गरिएको ४८ हजार ४ सय ९ कर्मचारीको दरबन्दीमध्ये ४० हजार ७ सय ६९ र प्रदेशमा कायम २२ हजार दुई सय ९७ मध्ये १४ हजार छ सय ५९ कर्मचारीको समायोजन भएको छ । सङ्घमा सात हजार छ सय ४० र प्रदेशमा सात हजार ट सय ३८ कर्मचारीको पद रिक्त रहेको छ ।

Loading...