सडकमा हिडिरहेका १३ बालबालिकामाथि एकाएक दौडियो कार

जापान । जापानको ओस्टु सिटीमा भयानक दुर्घटना भएको छ । कारले कम्तिमा १३ जना बालबालिकालाइ ठक्कर दिएको घटना अहिले विश्वभर भाइरल भएको छ ।

पश्चिम जापानको शिगा प्रान्तस्थित ओस्टू सिटीमा यस्तो घटना भएको हो । उक्त सिटीमा कारले किचेर कम्तिमा १३ जना बालबालिका घाइते भएको बताइएको छ । घाइतेमध्ये २ जनाको मृत्यु भइसकेको र ४ जनाको अवस्था चिन्ताजनक रहेको जापानी प्रहरीले जनाएको छ।

समाचार संस्था जापान टाइम्स डटकमका अनुसार बुधबार बिहानै दुई वटा कार दुर्घटनामा पर्दा नर्सरी स्कूलका २–३ वर्षका बालबालिकाको समूहमाथि एउटा कार दौडेको थियो । जापानको सरकारी टेलिभिजन एनएचकेले बालबालिकासँग तीन जना सहयोगी पनि रहेको जनाएको छ ।

जापान प्रहरीले दुई जना कार चालक महिलालाई पक्राउ गरिसकेको जनाएको छ । साथै घाइते बालबालिकालाई अस्पताल भर्ना गरिएको जनाएको छ ।

Loading...