नयाँ बसपार्क पनि बेचिएको खुलासा, लोत्सेले मच्चायो यस्तोसम्म ब्रम्हलुट

काठमाडौं । शक्तिको आडमा मीनबहादुर गुरुङदेखि शोभाकान्त ढकालहरुले प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश निवाससँग जोडिएको ललिता निवासको ११३ रोपनी सरकारी जग्गा अतिक्रमण गरे । काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र प्रशासन प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीलाई लाखौं लाख रुपैयाँ घुस दिएर मनोज भेटवालले टुँडिखेल कब्जा गरेर सटर निर्माण गरी भाडामा लगाए । भेटवालकै जस्तो सरकारले बसपार्कका […]

रातो मच्छिन्द्रनाथ रथलाई पुल्चोकबाट गाःबाहल पुर्याइदै

ललितपुर २४ बैशाख । वर्षा र सहकालका देवताको रूपमा मानिने रातो मच्छिन्द्रनाथक‍ो रथलाई ललितपुरको पुल्चोकबाट तानेर पाटनको गाःबाहल पुर्याइदैछ । रथारोहण गरेको चौथो दिनमा पाटनको पुल्चोकबाट तानेर वाजागाजा सहित नःटोल हुँदै गाःबाहालमा पुर्‍याउने गरिन्छ । ललितपुरको पुल्चोकमा विधिपूर्वक यो रथ तयार गरिएको हो । पुल्चोकबाट आज दिउसो ४ बजे रथलाई तानेर पाटनको गाःबाहालमा पुर्‍याइन्छ। गाःबाहाल […]

किसानलाइ भैसी बाँड्दै सरकार, सरकारले बाँडेको भैसी पाउने यस्तो छ विधि

सुर्खेत । कर्णाली प्रदेश सरकारले व्यावसायिक किसानलाई भैँसी वितरण गरेको छ। दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यावसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैँसी वितरण गरेको हो। मन्त्रालयले आज बराहताल गाउँपालिका–१० ओदानतालका ४० कृषकलाई एक÷एक वटा भैँसी हस्तान्तरण गरेको हो। कृषकमा आधारित भैँसीपालन व्यवसाय कार्यक्रमअन्तर्गत सुर्खेतका कृषकलाई भेटेरिनरी अस्पताल तथा पशु […]

नीति तथा कार्यक्रममाथि प्रतिपक्षीले उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिँदै

काठमाडाैँ, २४ बैशाख । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ दिँदैछन्। संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले जबाफ दिने कार्यक्रम छ। आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा नीति तथा कार्यक्रम पेस गरेकी थिइन्। नीति तथा कार्यक्रमको अन्तर्वस्तु भन्दा पनि प्रस्तुत […]

अपहरणपछि बालकको निर्मम हत्या

काठमाडाैँ, २४ बैशाख । धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ। मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए। बेपत्ता आर्यनको शव मंगलबार बिहान घर नजिकै बारीमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए। […]

डिभी चिट्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा डिभीको नतिजा आज सार्वजनिक हुने भएको छ । सन् २०२० मा अमेरिका प्रवेशका लागि गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म फारम खुलाइएको थियो । डिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त […]

रास्कोट सामुदायिक अस्पताललाई जापानका नेपालीको सहयोग

टोकियो, २३ बैशाख । कालिकोटको रास्कोट स्थित सामुदायिक अस्पताल निर्माण सहयोगका लागि जापानमा आर्थिक संकलन गरिएको छ । संकलित रकम २० लाख ६१ हजार २९५ जापानी येन सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हाे। जापानमा उक्त रकम ’रास्कोट सामुदायिक अस्पताल निर्माणार्थ आर्थिक सहयोग अभियान टिम जापानको’ सक्रियतामा संकलन गरिएको हो । आर्थिक अभियान टिम […]

अस्पतालमा मरेको भन्दै घाटमा लगिएका शिशु खाल्डोमा राख्दा चल्मलाएपछि फेरि फर्काइयो

चितवन, २३ । चितवनमा एक अनौठो घटना देखिएको छ । अस्पतालमा मरेको भनिएका एक शिशु घाटमा लगेर खाल्डोमा हाल्न खोज्दा चल्मलाएपछि फेरि फर्काएर अस्पतालमै ल्याइएको छ । चितवन मेडिकल कलेजमा यस्तो घटना देखिएको हो । आइतबार सोही अस्पतालमा जन्मिएकी एक शिशुलाई चिकित्सकले उपचार सम्भव नभएको बताएपछि परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए […]

कर बढाउने चीनको निर्णय विरुद्ध ट्रम्पले दिए कडा चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले करिब दुई सय अबै डलरको चीनियाँ वस्तुमा लाग्ने आयात करलाई यसै हप्तादेखि बढाउने बताएका छन् । उनले अमेरिका र चीनबीचको व्यापार सम्झौताको विषयमा चलिरहेको कुराकानी अत्यधिक सुस्त गतीमा अघि बढिरहेको पनि जानकारी दिएका छन् । ट्रम्पले आइतबार आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा यसबारे जानकारी दिएका हुन् । उनले लेखे, ‘विगत १० […]

नेपाल एयरलाइन्सका कर्मचारी फेरि सुनसहित समातिए

काठमाडौं, २३ बैशाख । पटक–पटक सुन तस्करी हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाबाट फेरि एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल एयरलाइन्सका कर्मचारी नै रहेको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीका अनुसार नेपाल एयरलाइन्सका कर्मचारी रन्जित कुमार यादव पक्राउ परेका हुन् । तस्करीको सुन पास गर्दै गरेको अवस्थामा विमानस्थलमा खटिएका […]