सात हजार घुससहित पक्राउ परे वनका फरेस्टर

रुकुम । सेवाग्राहीबाट लिएको घुस लिँदै गरेका एक कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

चौरजहारी नगरपालिका–११, को चौफामा रहेको सब डिभिजन वन कार्यालयका निमित्त प्रमुख फरेस्टर महेन्द्र बिसीलाई अख्तियार दुरूपयोग अनुसन्धानआयोगको कार्यालय सुर्खेतको टोलीले ७ हजार घुस सहितपक्राउ गरेको हो ।

बिहीबार दिउँसो मुसिकोट नगरपालिका–१, कालिकास्थानमा रहेको एक होटेलबाट घुस लिएको रकमसहित बिसीलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख ज्ञाणुराज सुवेदीले जानकारी दिनुभयो । सेवाग्राहीबाट घुस लिन लागेका उजुरी तथा सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

कटान आदेशको बारेमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट बिसीले ७ हजार घुस लिएको अख्तियारको भनाइ छ । बिसीलाई पक्राउ गरी अनुसन्धान भैरहेको अख्तियारको कार्यालय सुर्खेतले जनाएको छ ।

Loading...