काठमाडौं, ३१ असार । सरकारले वार्ताकाे हल्ला गरिरहँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका चार कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार उनीहरुलाइ पक्राउ गरेको हाे । पक्राउ पर्नेमा उक्त नेकपाका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुम घर भएका अखिल […]
मुख्य समाचार
शिक्षक लाइसेन्सको विज्ञापन अन्योलमा, १ महिना बितिसक्दा पनि परीक्षाको मिति तय हुन सकेन
शिक्षण अनुमतिपत्र शिक्षक लाइसेन्सको विज्ञापन भएको झण्डै एक महिना बितिसक्दापनि शिक्षक सेवा आयोगले परीक्षाको मिति तय गर्न सकेको छैन । जसले गर्दा लाइसेन्सको फारम भरेका लाखौं परिक्षार्थी अन्योलमा परेका छन् । फारम भर्ने काम लभगभ अन्तिम चरणमा पुगेपनि आयोगले परीक्षाको मिति तय नगर्दा परीक्षा तयारीमा समस्या परेको लाइसेन्स परीक्षाको तयारी गरिरहनुभएकी पाल्पाका संगिता आर्यालले बताउनुभयो […]
निर्मला प्रकरणमा पत्रकार खेम भण्डारीलाई कैद फैसला
काठमाडौ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई एक घण्टा जेल र एक रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। जिल्ला बार इकाई र उच्च अदालत बार इकाईका पदाधिकारीहरुले दायर गरेको मुद्धामा जिल्ला न्यायाधिस डा. राजेन्द्र आचार्यको एकल इजलाशले यस्तो फैसला सुनाएको हो । अदालतले पत्रकार भण्डारीलाई सुनाएको यो सजाँय तत्कालका […]
अर्का उपकूलपति विरुद्ध पनि अख्तियारले दावी गर्यो भ्रष्टाचार मुद्दा
काठमाडौं, ३० असार । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पूर्व उपकूलपतिका विरुद्ध विशेष अदालतमा मद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति बलभद्र प्रसाद दाससहित ८ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले प्रतिष्ठानका तत्कालीन उपकुलपति दास, अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हा, रजिष्टार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठले […]
काठमाडौं महानगरका सुब्बा रंगेहात समातिए
काठमाडौं, ३० असार । काठमाडौं महानगरपालिकाका समाजिक विकास विभागका नायव सुब्बा कृष्ण प्रसाद सोती अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ परेका छन् । सोतीले सेवाग्राहीसग एक लाख ७ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् । महानगरको नगर कार्यपालिका कार्यालय बबरमहलमा कार्यरत नासु सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत कायान्वयनमा आएको कार्यक्रमको रकमको कार्य सम्पादन […]
सर्लाहीमा मोटरसाईकलको ठक्करबाट घाईते बालकको उपचारको क्रममा निधन
सर्लाही, ३० असार । सर्लाहीको हरिवनमा मोटरसाईकलको ठक्करबाट घाईते बालकको उपचारको क्रममा मृत्यु भएको छ । थप उपचारका लागि भरतपुर पुर्याइएका उनको सोमबार मृत्यु भएको हो । मृत्यु हुनेमा हरिवन-६ घुर्कौली घर भएका लक्ष्मी स्याङ्गतानका १२ बर्षिय छोरा युनिक स्याङ्तान रहेको इलाका प्रहरी कार्यालय हरिवनका बिनोद सुनुवारले बताए । आईतबार अपरान्ह ५ बजेको समयमा सर्लाहीको […]
आइजीपी खनालले सरकारलाई वाइपास गरी भारतसँग ‘साँठगाँठ’ गरेको भन्दै छानविन
काठमाडौं, ३० असार । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले देशको परराष्ट्र नीति विपरित अन्तराष्ट्रिय मञ्चहरुमा गई मत दिने गरेको भन्दै छानविन गरेको छ । गृहमन्त्रालयले आईजीपी खनालको एक विदेश भ्रमण नै रोकेर छानविन गरेको बुझिएको छ । यसरी देशको सुरक्षा निकायको प्रमुखले देशको आधिकारिक नीति विपरित मत दिएका विरलै घटना छन् । आईजीपी खनालमाथि गृहले […]
सरकारका प्रवक्ताको बिलौना- सरकार झाडीमा फसेको बाह्रसिँंगे जस्तो भयो
काठमाडौं, ३० असार । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार झाडीमा फसेको बाह्रसिँंगेजस्तो भएको भन्दै बिलौना गरेका छन् । सोमवार संचार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले सरकार झाडीमा फसेको बाह्रसिँंगेजस्तो भएको भन्दै बिलौना गरेका हुन् । सोमवार राजधानीमा ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ द्वारा आयोजित सञ्चार उद्यमीसँगको अन्तरक्रियामा मन्त्री बाँस्कोटाले भने ”सरकार […]
वर्षामा थन्काउने गरिएका कुलेखानी जलविद्युत आयोजना इन्द्र सरोवर भरिएपछि पूर्ण क्षमतामा चलाइयो
काठमाडौं, ३० असार । कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाइएपछि भारतबाट आयात गरिने विद्युत घटाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । अत्यधिक वर्षाका कारण कुलेखानी जलविद्युत आयोजनाका लागि बनाइएको इन्द्र सरोबर ताल पूरै भरिएपछि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न थालिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इन्द्रसरोवरमा पानी भरिएपछि कुलेखानी जलविद्युत आयोजनालाई […]
एक लाख ८० हजार घुससहित सिँचाइ कार्यालय भोजपुरका प्रमुख कार्यालयबाटै पक्राउ
भोजपुर,३० असार । असार मसान्तको मैझारो चलिरहेका बेला भोजपुरमा एकजना कार्यालय प्रमुख एक लाख ८० हजार घुससहित समातिएका छन्। जलश्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सिनियर डिभिजनल इन्जिनियर मोहनबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उक्त घुससहित सोमबार कार्यालयबाटै पक्राउ गरेको हो । यादवले षडानन्द नगरपालिका १३ बोयास्थित छाँगे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल […]











