सर्लाहीमा मोटरसाईकलको ठक्करबाट घाईते बालकको उपचारको क्रममा निधन

सर्लाही, ३० असार । सर्लाहीको हरिवनमा मोटरसाईकलको ठक्करबाट घाईते बालकको उपचारको क्रममा मृत्यु भएको छ । थप उपचारका लागि भरतपुर पुर्याइएका उनको सोमबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा हरिवन-६ घुर्कौली घर भएका लक्ष्मी स्याङ्गतानका १२ बर्षिय छोरा युनिक स्याङ्तान रहेको इलाका प्रहरी कार्यालय हरिवनका बिनोद सुनुवारले बताए ।

आईतबार अपरान्ह ५ बजेको समयमा सर्लाहीको हरिवन- ६ घुर्कौलीको भित्री सडकमा मोटरसाईकलले साइकललाई ठक्कर दिदा हरिवन-६ घुर्कौलीका लक्ष्मी स्याङ्गतानका १२ बर्षिय छोरा युनिक स्याङ्तान गम्भीर घाईते भएका थिए । उनलाई हरिवनस्थित नमुना अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि भरतपुर पुर्याइएको थियो ।

घुर्कौलीबाट भित्री सडक हुँदै जानकीनगर तर्फ जाँदै गरेको ज १२ प ६०८२ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा परि मोटरसाईकल चालक धनुषाको मिथिला नगरपालिका ८ निवासी धनराज लामा समेत गम्भीर घाइते भएका छन् । उनको अहिले पनि भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी गराएको छ ।

ठक्कर दिने मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भैरहेको बताइएको छ ।

Loading...