काठमाडौं महानगरका सुब्बा रंगेहात समातिए

काठमाडौं, ३० असार । काठमाडौं महानगरपालिकाका समाजिक विकास विभागका नायव सुब्बा कृष्ण प्रसाद सोती अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ परेका छन् । सोतीले सेवाग्राहीसग एक लाख ७ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् ।

महानगरको नगर कार्यपालिका कार्यालय बबरमहलमा कार्यरत नासु सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत कायान्वयनमा आएको कार्यक्रमको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत घुस माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

विशेष सूचना एवं उजुरीको आधारमा आयोगको टङ्गालबाट खटिई गएको टोलीले सोतीलाई सेवाग्राहीसँग लिएकाे घुस वापतको रकमसहित कार्यालयबाटै रङ्गेहात नियन्त्रणमा लिएको हो।

पछिल्लो समयमा विभिन्न तहका कर्मचारी रंगेहात घुसको आरोपमा पक्राउ पर्ने गरेका छन् । तर माथिल्लो तहका कर्मचारी र राजनैतिक नेतृत्वका मानिसहरु कम पर्ने गरेको भन्दै आलोचाला समेत हुने गरेको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Loading...