अर्का उपकूलपति विरुद्ध पनि अख्तियारले दावी गर्यो भ्रष्टाचार मुद्दा

काठमाडौं, ३० असार । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पूर्व उपकूलपतिका विरुद्ध विशेष अदालतमा मद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति बलभद्र प्रसाद दाससहित ८ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले प्रतिष्ठानका तत्कालीन उपकुलपति दास, अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हा, रजिष्टार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठले प्रतिष्ठानबाट भएका खरिदमा बोलपत्रको तथ्यगत आधारबिनै स्वीकृति तथा सम्झौता गरी रकम निकासा गरेर भ्रष्टाचार गरेको मुद्दामा दावी गरेको छ ।

उपकुलपति दासले पदमा रहँदा चार करोड आठ लाख ९८ हजार १९ रुपैया, निर्देशक सिन्हाले तीन करोड ७५ लाख ३० हजार ६१९, रजिष्टार थापाले एक करोड ९६ लाख नौ हजार ८८० र रजिष्टार श्रेष्ठले ५६ लाख ७७ हजार ४०५ अस्वाभाविक रुपमा बढी मूल्य तिरी सामान खरिद गरेर प्रतिष्ठानलाई नोक्सानी पु¥याएको उल्लेख गरिएको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० र दफा ८ को उपदफा ९१० बमोजिम भ्रष्टाचार गरेको प्रमाणित गरी सोही रकम नै बिगो कायम गरी बिगो असुल र कैद सजायका साथमा थप सजाय समेतको माग गरेको छ।

त्यस्तै प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तवले पनि नियम विपरीत बोलपत्र स्वीकृत गरी रकम समेत भुक्तानी दिई संस्थालाई हानी पु¥याएको अख्तियारले दावी गरेको छ। लेखा प्रमुख दाहालले दुई करोड ३४ लाख ८१ हजार ८१९ डेपुटी मेनेजर श्रीवास्तवले एक करोड ७४ लाख १६्र हजार २०० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सोही रकम बिगो कायम गरी विगो असुल गर्दै कैद सजायसमेत माग गरिएको छ।

त्यसैगरी आयोगले उपकरण सप्लार्य प्रोसिजन मेडिकल प्रालि र वायोमेड इन्टरनेसनल प्रालिका प्रो‍ चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्टिव्युटर्सका प्रो उमेश अग्रवालले पनि प्रतिष्ठानका पदाधिकारीसँग मिलेमतोमा खरिद सम्झौता गरी भुक्तानी लिएको पनि दावी गरेको छ ।

अग्रवालले एक करोड चार लाख १६्र हजार ७९७ र उमेशले ६० लाख ३६ हजार ३४३ हिनामिना तथा भ्रष्टाचार गरेको भन्दै सोही रकम विगो कायम गरी बिगो असुलसहित कैद सजायको माग गर्दै आरोपपत्र दायर गरिएको हो।

Loading...