मधेश प्रदेशका सांसद अख्तियारको फन्दामा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका प्रदेश सभा सदस्य एवं पूर्व राज्यमन्त्री सरोजकुमार सिंहलाई पक्राउ गरेको छ।

सांसद विकास कोषको रकम अनियमित रूपमा खर्च गरी कमिसन बुझेको प्रमाण फेला परेपछि आयोगको टोलीले उनलाई बिहीबार साँझ काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

यसअघि आयोगले सिंहका स्वकीय सचिवलाई पक्राउ गरी अनुसन्धान थालेको थियो।