आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो प्रहार, तीनजना पक्राउ

वीरगन्ज । उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा न्यायाधीश डा. खुसीप्रसाद थारूमाथि इजलासमै कालोमोसो प्रहार गरिएको छ।

पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिएको फैसलाप्रति असन्तुष्टि जनाउँदै नेकपा बहुमतका नेताकार्यकर्ताले इजलासमै पुगी कालोमोसो प्रहार गरेका हुन् ।

उक्त आक्रमण घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेकपा बहुमतका केन्द्रीय सदस्य किशोर कुँवर (अविनाश), सोही पार्टीका सर्लाही इन्चार्ज पदमबहादुर मगर, र सिराहा जिल्ला कमिटी सदस्य गर्भु महतो रहेका जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिएका छन् ।

गत जेठ १४ गते पूर्वमन्त्री एवं नेपाली ल कांग्रेस नेता अफताब आलमसहितका व्यक्तिहरूलाई सफाइ दिने फैसला न्यायाधिश थारुको इजलासले दिएको थियो । यही फैसलाप्रति विरोध जनाउँदै नेकपा बहुमतले इजलासमै कालोमोसो प्रहार गरेको हो।

सुरक्षाको दृष्टिकोणले अदालत परिसरमा थप निगरानी बढाइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।