शिक्षक लाइसेन्सको विज्ञापन अन्योलमा, १ महिना बितिसक्दा पनि परीक्षाको मिति तय हुन सकेन

शिक्षण अनुमतिपत्र शिक्षक लाइसेन्सको विज्ञापन भएको झण्डै एक महिना बितिसक्दापनि शिक्षक सेवा आयोगले परीक्षाको मिति तय गर्न सकेको छैन । जसले गर्दा लाइसेन्सको फारम भरेका लाखौं परिक्षार्थी अन्योलमा परेका छन् ।

फारम भर्ने काम लभगभ अन्तिम चरणमा पुगेपनि आयोगले परीक्षाको मिति तय नगर्दा परीक्षा तयारीमा समस्या परेको लाइसेन्स परीक्षाको तयारी गरिरहनुभएकी पाल्पाका संगिता आर्यालले बताउनुभयो । आयोगले गत असार २ गते प्रावि, निमावि र मावि तहको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको थियो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको एक महिना बितिसक्दापनि परीक्षाको टुंगो लगाउन नसकेको हो ।

प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम प्राप्त सँगै अप्राप्तले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने गरी विज्ञापन खुलाइएको थियो ।

शिक्षक सेवा आयोगले भने कुनै बाह्य समस्याका कारण नभइ आन्तरिक कारणले विज्ञापनको मिति तय नगरिएको स्पष्ट पारेको छ । आयोगका प्रशासकीय प्रमूख डा। तुलसी थपलियाले कुनै समस्याका कारण भन्दा पनि कतिले दरखास्त दिन्छन् त्यसको आधारमा परीक्षाको तयारी गर्न मिति तय नगरिएको बताउँछन् । अहिले प्राथमिक तहको खुला तर्फको नतिजा धमाधम प्रकाशन गर्न आयोग व्यस्त रहेको र सबैले फारम भरिसकेपछि बल्ल परीक्षाको मिति तय गरिने डा। थपलियाले स्पष्ट पारे । ुछिटोमा साउनको तेस्रो हप्ताभित्र परीक्षाको मिति तय हुन्छ र परीक्षा भदौं अन्तिम या असोज शुरुमा हुन्छ – थपलियाले भने । १ महिनाको ग्याप राखेर परीक्षाको मिति तय गरिने थपलियाले स्पष्ट पारे ।

यस अघि असार २२ गते सम्म फारम भर्ने म्याद तोकिएकामा असार १६ मा सूचना जारी गर्दै एक साताको म्याद थपेर २९ गते सम्म फारम भर्न सकिने बनाइएको थियो । यस्तै, दोब्बर दस्तुर तिरेर साउन ५ गते सम्म फारम भर्न सकिने आयोगले स्पष्ट पारेको छ । यस अघि दोब्बर दस्तुर तिरी असार २९ गते सम्म फाराम भर्न पाइने व्यवस्था थियो । साविकको उच्च माध्यमिक तहमा अध्यापन गर्दै आएका शिक्षकहरुले लाइसेन्सको विज्ञापन स्थगन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको भोलि पल्टै आयोगले विज्ञापनको म्याद बढाउने निर्णय गरेको थियो ।

Loading...