चितवनमा प्रचण्डले सुरुदेखि नै लिए अग्रता

चितवन, २२ मंसिर । वामगठबन्धनका प्रमुख नेता तथा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा सुरुदेखि नै अग्रता लिएका छन् । चितवन-३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका प्रचण्डकाे सुरुवातदेखि नै अग्रता अाएपछि वामगठबन्धनका कार्यकर्ताहरु खुसी देखिएका छन् । उनीहरुले याे अग्रता कायमै रहने दावी गरेका छन् । मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका प्रचण्डले अग्रता लिएका […]

गगन थापा अाउन सकेनन् अगाडि, विवेकशील साझाकी सुबुनुकाे पनि जम्मा ४३ मत

काठमाडौं, २२ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले सुरुआती अग्रता लिएका छन् । राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले १ हजार ४१ मत ल्याएका छन् । विवेकशील साझा पार्टीकी उम्मेदवार सुबुना बस्नेतले […]

रविन्द्र मिश्र र प्रकाशमानबीच रोचक प्रतिष्पर्धा, यस्तो छ प्रारम्भिक मतपरिणाम

काठमाडाैं, २२ मंसिर। बिहीबार सम्पन्न काठमाडाैंकाे निर्वाचनकाे प्रारम्भिक परिणाम अाउन सुरु गरेका छन् । काठमाडाैमा सबैभन्दा बढी ध्यान तानेकाे छ १ नम्बर निर्वाचन क्षेत्रले । प्रारम्भिक मत परिणाम अनुसार काठमाडाैं १ मा यसअघि चर्चा गरिएका कांग्रेसका प्रकाशमान सिंहले पत्रकारिता छाडेर राजनीतिमा फड्काे हानेका रविन्द्र मिश्रकाबीच कडा प्रतिस्पर्धा चलिरहेकाे छ । अहिलेसम्मकाे मत परिणाम अनुसार प्रकाशमानसिंहले […]

मतदान सम्पन्न गरी फर्कदै गरेका २ प्रहरीसहित ३ काे मृत्यु

मकवानपुर, २२ मंसिर । बिहिबार भएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिएका म्यादी प्रहरी जिल्ला सदरमुकाम हेटौंडा फर्कँदै गरेको जीप दुर्घटना भएको छ । थाहा नगरपालिकाबाट शुक्रबार बिहान हेटौंडातर्फ आउँदै गरेको जीप भीमफेदी गाउँपालिका–२, चुनियाँमा दुर्घटना हुँदा चालक र दुई म्यादी प्रहरीको मृत्यु भएको प्रहरी चौकी भैंसेले जनाएको छ । चालक र म्यादी […]

देउवाको जिल्लामा मतपेटिका सदरमुकाम ल्याउन नै कठिन, मतपेटिका बोकेको गाडीमा बम प्रहार

Sher Bahadur Deuba

धनगढी, २२ मंसिर । डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट हुँदा कर्मचारी र प्रहरीको भागाभाग परेको छ। शुक्रबार बिहान ९ः३० बजेतिर जिल्लाको पर्शुराम नगरपालिका–१२, कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो । डडेल्धुरामा मतपेटिका संकलन गर्न नै निकै कठिन भइरहेकाे बताइएकाे छ । विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको […]

गोरखामा बाबुरामले काजीमाथि २ हजारको मत अन्तर बढाए, भट्टरार्इले भने ‘अब म जित्छु’

गोरखा, २२ मंसिर । गाेरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका बाबुराम भट्टरार्इले अाफ्नाे अग्रता बढाएका छन् । वामगठबन्धनबाट उम्मेदवार बनेका माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बाबुराम भट्टरार्इ भन्दा दुर्इ हजार मत अन्तरले पछाडि परेका छन् । यही अनुपातमा मत परिणाम अाइरहे बाबुरामले जित्ने सम्भावना देखिएकाे छ । सुरुमा भट्टरार्इभन्दा अगाडि रहेका श्रेष्ठकाे […]

रुकुम फेरि माओवादी केन्द्रको एकलौटी, जनार्दन ठूलो मत अन्तरले विजयी

काठमाडौं, २२ मंसिर । रुकुममा माअाेवादी केन्द्रले सबै पदमा विजय हासिल गर्ने भएकाे छ । नयाँ संरचना अनुसार विभाजित भइ दुर्इ जिल्ला भएकाे रुकुमका दुबै जिल्लामा माअाेवादीले एकलाैटी जित हासिल गर्ने भएकाे हाे । पूर्वी र पश्चिम रुकुम दुबैबाट प्रतिनिधि सभाका लागि माअाेवादी केन्द्रका उम्मेदवार विजयी भइसकेका छन् भने पूर्वी रुकुमकाे प्रदेश सभामा पनि माअाेवादी […]

कांग्रेसका कर्मलार्इ पराजित गरी मनाङमा दीपक मनाङे विजयी

काठमाडाैं, २२ मंसिर । उम्मेदवारी घाेषणादेखि नै चर्चामा रहेका गुण्डा नार्इके राजिव गुरुङ अर्थात दिपक मनाङेले अन्तत: चुनाव जितेरै छाडेका छन् । मनाङे मनाङ प्रदेश ख बाट विजयी भएका हुन् । मनाङे २ हजार ४१० मत प्राप्त गरी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका कर्म गुरुङलार्इ ३ सय ९० मत अन्तरले पराजित गरेका छन् […]

प्रतिनिधि सभामा पनि एमालेले खोल्यो पहिलो खाता

काठमाडाैं, २२ मंसिर । वामगठबन्धनले प्रतिनिधि सभामा पनि पहिलाे खाता खाेलेकाे छ । वाम गठबन्धनबाट मुस्ताङमा नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले जित हासिल गरेका छन् । यसअघि प्रदेश सभा सदस्यमा मुस्ताङ प्रदेश क बाट एमालेकै इन्द्रधारा बिष्टले विजय हासिल गरेका थिए । एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ५ सय ४४ मत ल्याएर विजयी भएका हुन् । […]

मुस्ताङबाट वाम गठबन्धनले खोल्यो पहिलो खाता

काठमाडौं, २१ मंसिर । वाम गठबन्धनले अाफ्नाे जितकाे पहिलाे खाता हिमाली जिल्ला मुस्ताङबाट खाेलेकाे छ । वाम गठबन्धनबाट चुनाव लडेका नेकपा एमाले प्रदेशसभाका उम्मेदवार इन्द्रधारा बिष्टले हिमाल पारीकाे जिल्ला मुस्ताङकाे प्रदेश क बाट जित हासिल गरेका हुन् । उनी यससँगै पहिलाे निर्वाचित प्रदेश सभा सदस्य बनेका छन् । मुस्ताङमा मंसिर १० गते निर्वाचन सम्पन्न भएकाे […]