बाबुरामले फेरि जम्प गरे, काजी परे पछाडि

गोरखा, २१ मंसिर । जारी मत गणनाको ताजा परिणामअनुसार क्षेत्र नम्बर-२ मा नयाँ शक्‍तिका संयोजक डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई पछी पारेका छन् । भट्टराईले ८३० मत ल्याउँदा श्रेष्ठ ७६६ मै सिमित हुन पुगेका छन् । सुरुवाती चरणमा अगाडि अाएको श्रेष्ठ अहिले पछी परेका छन् । अब लगातार बाबुरामले नै अग्रता लिने विश्वास गरिएको […]

देशभर मतदान सकियो तर प्यूठानमा मध्यरातसम्म पनि मतदान रोकिएन

प्यूठान, २१ मंसिर । देशभरको निर्वाचन सकिएको बेला एउटा जिल्लाको मतदान भने अहिलेसम्म सकिएको छैन । निर्वाचन आयोगले आज भएका ४५ जिल्लाका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदान अवधि तोकेको थियो । तर, प्यूठानको एक मतदान केन्द्रमा भने रात पर्दासम्म पनि मतदान सकिएको छैन । प्यूठानको ओखरकोटमा राती अबेरसम्म पनि मतदान चलेको […]

निर्वाचनको मत परिणाम यस्तो छ (सबैको ताजा अपडेट)

अाज सम्पन्न दाेस्राे चरणकाे निर्वाचनमा कूल ६७ प्रतिशत मत खसेकाे छ । मतदान सम्पन्न भएपछि निर्वाचन अायाेगले पत्रकार सम्मेलनकाे अायाेजना गरी यसकाे जानकारी दिएकाे हाे । पत्रकार सम्मेलनमा अायाेगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले करिव ६७ प्रतिशत मत खसेको जानकारी दिए । अाज भएकाे दाेस्राे चरणकाे निर्वाचनमा प्रतिनिधिसभाका लागि १२८ र प्रदेशसभाका लागि २५६ पदका लागि मतदान […]

मकवानपुरमा मतपेटिका बाेकेकाे गाडीमा बम प्रहार

मकवानपुर २१ मसिंर । मकवानपुरको मनहरी १ चकरी मकरी बाट मतपेटिका बोकेर हेटौंडा आउँदै गरेको गाडीलाई लक्षित गरी बम बिस्फोट भएको छ । हेटौंडा उपमहानगरपालिकाको पदमपोखरी र मनहरी गाउँपालिकाको बिच सिमानामा बम बिस्फोट भएको स्थानियको भनाई छ । बिस्फोटको कारण हाल सम्म क्षतिको विवरण भने आएको छैन् ।

निर्वाचन अायाेगले भन्याे ६७ प्रतिशत मत खस्यो

काठमाडौं, २१ मंसिर । निर्वाचन अायाेगले अाज सम्पन्न दाेस्राे चरणकाे निर्वाचनमा कूल ६७ प्रतिशत मत खसेकाे जानकारी दिएकाे छ । मतदान सम्पन्न भएपछि अायाेगले पत्रकार सम्मेलनकाे अायाेजना गरी यसकाे जानकारी दिएकाे हाे । पत्रकार सम्मेलनमा अायाेगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले करिव ६७ प्रतिशत मत खसेको जानकारी दिए । अाज भएकाे दाेस्राे चरणकाे निर्वाचनमा प्रतिनिधिसभाका […]

भोट हाल्न गएका झुलबहादुर र मुनादेवीको मृत्यु

काठमाडौं, २१ मंसिर । भोट हाल्न गएका दुई वृद्धवृद्धाको मृत्यु भएको छ । डोटीमा मतदान गर्न जाने क्रममा र पाल्पामा मतदान गरेर फर्किने क्रममा उनीहरुको मृत्यु भएको हो । पाल्पाको पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै ८० वर्षीय झुलबहादुर कुमालको मृत्यु भएको छ । वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेका अनुसार रामपुर नगरपालिका–६ का […]

फुलपरासी बुथमा गोली चल्यो, घाइते ३ मध्ये एक महिलाको अवस्था गम्भीर

सर्लाही, २१ मंसिर । सर्लाहीकाे फुलपरासी मतदान केन्द्रमा गाेली चलेकाे छ । गाेली लागेर तीन जना घाइते भएका छन् । घाइते मध्ये एक महिलाकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ । सर्लाहीको कौडेना गाउँपालिका अन्तर्गत फुलपरासी बुथमा उक्त गाेली चलेकाे हाे । मतदान केन्द्रमा नेपाली कांग्रेस र राजपाका कार्यकर्ताहरुबीच भएकाे झडपका क्रममा गाेली चलेकाे हाे । […]

मतदान केन्द्रमा ७ ओटा बम विस्फोट भएपछि भागदौड, हेलिकोप्टरबाट गस्ती जारी

धनकुटा, २१ मंसिर । धनकुटाकाे एक मतदान केन्द्र नजिकै ७ ओटा बम विस्फोट भएका छन् । लगातार वम विष्फाेट भएपछि मतदाताहरुकाे भागदाैड भएकाे छ ।  धनकुटाको थलथले मददान केन्द्रमा यसरी लगातर ७ ओटा बम विस्फोट भएका हुन् । मतदान सुरुभएसँगै अज्ञात समूहले वम विष्फाेट गराएपछि मत हाल्न अाएका मतदाताहरुकाे भागाभाग भएकाे बताइएकाे छ । स्थानीय रमेश […]

वाम गठबन्धनले बुथ कब्जाकाे प्रयास गरेपछि सल्यानमा तनाव

सल्यान, २१ मंसिर । सल्यानकाे बागचाैरकाे शिशु जागर माध्यमिक विद्यालयमा रहेकाे मतदान केन्द्रमा वाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्ने प्रयास गरेपछि तनाव उत्पन्न भएकाे छ । सल्यानमा माअाेवादी केन्द्र दुर्इ टुक्रामा विभाजित भएर चुनावमा सहभागी भएकाे छ । एउटा समूह वामगठबन्धनमा छ भने अर्काे समूह बागी बनेकाे छ । नेकपा एमाले-माओवादी केन्द्रका कार्यकर्ताले मतदान सुरुभएसँगै […]

टिभी लाइभ दिएर भोट नहाल्न आह्वान गरिरहेका बेला सिके राउत गिरफ्तार

धनुषा, २१ मंसिर । मधेशी जनतालार्इ भाेट नहाल्न अाह्वान गर्दै अाएका सिके राउत पुन: गिरफ्तार परेका छन् । उनलार्इ अाज बिहान १० बजे प्रहरीले धनुषाकाे सदरमुकाम जनकपुरस्थित उनकै काेठाबाट गिरफ्तार गरेकाे हाे । स्वतन्त्र मधेस गठबन्धनका संयोजक रहेका राउतले अाज बिहानैदेखि स्थानीय टेलिभिजनबाट लाइभ दिएर जनतालार्इ मत नहाल्न अाह्वान गरिरहेका थिए । प्रहरीले उनलार्इ लाइभ […]