एजेन्सी । भारतका विवादास्पद आध्यात्मिक गुरु आसाराम बापुका छोरा नारायण साई पनि बलात्कारी करार भएका छन् । उनलाई गुजरातको एक अदालतले बलात्कारमा दोषी ठहर्याएको छ । उनलाई उनका बाबु अाशारामसँगै बलात्कारको आरोप लागेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार सूरतको एक अदालतले नारायणलाई दोषी ठहर गरेको हो । उनलाई सजाय सुनाउन बाँकी नै छ । अदालतले […]
मुख्य समाचार
खुल्लामञ्चमा चल्यो डोजर, व्यापारीको भागाभाग
काठमाडौं । नक्कली कागजात तयार पारेर बेचिएकाे खुल्लामञ्चमा बनाइएका संरचना हटाउन डाेजर लगाइएकाे छ । काठमाडौं महानगरपालिकाले खुल्ला मञ्चका भौतिक संरचना हटाउन डाेजर लगाएकाे हाे । शनिवारदेखि डोजरको प्रयोग गरेर अवैध संरचना हटाउनेकाे काम सुरु भएकाे महानगरपालिकाका एक कर्मचारीले ननस्टपखबरलाइ जानकारी दिए । खुलामञ्चभित्र बनाइएका सटर लगायतका संरचनाहरु डोजरले भत्काउन थालेपछि त्यहाँ रहेका पसलेहरुमा भागाभाग […]
संरक्षणको पर्खाइमा रैथाने जातका पशुपन्छी
नेपालमा सदियौँदेखि पशुपालन गरिदै आएको छ । रैथाने जातका २५ भन्दा बढी प्रजाातिका घरपालुवा पशुपन्छीहरु यहाँ पालिने गरेका छन् । जसमा लुलु गाई, अछामी गाई, सिरी गाई, खैला गाई, याक, पहाडी गाई, तराई गाई, लिमे भैंसी, च्याङ्ग्रा बाख्रा, सिन्हाल बाख्रा, खरी बाख्रा, तराई बाख्रा, भ्याङलुङ् भेडा, बरुवाल भेंडा, कागे भेंडा, लाम्पुच्छ्रे भेडा, पारकोटे भैंसी, गड्डी […]
खुल्लामञ्च बेचेर बनाइएका संरचना भत्काउन निर्देशन
काठमाडौं, १४ बैशाख । नक्कली कागजपत्र तयार पारेर बेचिएको खुल्लामञ्चका संरचना भत्काइने भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चको जग्गामा निर्माण भएको संरचनाको विषयमा अनुगमन गर्न उपमेयर हरिप्रभा खड्गीलाई पत्र लेखेका छन । कामपा अनुगमन समितिको संयोजकसमेत रहनुभएका उपमेयर खड्गीलाई गएको चैत २४ गते सम्पन्न नगरसभाको बैठकमा खुला मञ्चको जग्गाको विषयमा अनुगमन गर्न […]
नक्कली कागज देखाएर २ सय नेपाली ठग्ने गुरुङ बैंककमा पक्राउ
काठमाडौं, १४ बैशाख । क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने । क्यानडा, अमेरिका, अस्ट्रेलिया, मकाउमा मासिक लाखौं रुपैयाँको जागिर मिलाइदिने भन्दै फेसबुकबाट फसाउने अनि बैंकक बोलाउने । त्यसरी आउनेसँगै लाखौं […]
घरेलु हतियार देखाएर कर्मचारीलाई तर्साउँदै तस्कर
जनकपुरधाम, १४ बैशाख । सीमा क्षेत्रमा पछिल्लो समय तस्करी निकै बढेको छ । तस्करहरुले कर्मचारीलाई घरेलु हतियार देखाएर तर्साउने समेत गरेका छन् । सशस्त्रको टोली टोली र भन्सार कर्मचारीको निरिहताका कारण तस्कर सल्बलाइरहेको स्थानीय व्यापारी बताउँछन । कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको छ । केही घटनाले त्यसको पुष्टि हुन्छ । […]
टेलिकमले ल्यायो विद्यार्थीहरूका लागि निशुल्क सिमसहित विशेष प्याकेज
काठमाडौं । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरूका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ । टेलिकमले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि उपलब्ध गराएको यो आकर्षक ‘विद्यार्थी अफर’ विद्यार्थीमाझ लोकप्रिय भइरहेको छ । पहिलेदेखि नै उपलब्ध सो अफरलाई विद्यार्थीहरूको सुविधा र मागलाई विचार गरी हाल पनि निरन्तरता दिइएको जनाएको छ । […]
भुकम्पपछि चार वर्ष बित्दा पनि ३४ प्रतिशत मात्रै स्कूल बने
सिन्धुली । सिन्धुली जिल्लामा भूकम्पले क्षति पु¥याएको विद्यालयको पुनःनिर्माण सुस्त भएको छ । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि पुनःनिर्माणको काम आधा पनि सकिएको छैन् । चार वर्षअघिको भूकम्पबाट भत्किएका विद्यालयको पुन निर्माणमा ढिलाइ हुँदा सामूदायिक विद्यालयका विद्यार्थीहरु अझै पनि अस्थायी टहरा र भग्नावशेष भवनमा बसेर पढ्न बाध्य छन् । विसं २०७२ साल बैशाख १२ […]
भक्तपुर नगरका उत्कृष्ट खेलाडी सम्मानित
भक्तपुरका उत्कृष्ट खेलाडीहरुलाई आज एक समारोहबीच सम्मान गरियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई सम्मान गरे । शुक्रवार सहिद स्मृति खेलमैदानमा आयोजित बिशेष कार्यक्रमका बीच उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि बिजुक्छेँले मेडल तथा प्रमाणपत्रद्रारा सम्मानित गरेका हुन् । उक्त अवसरमा सम्मानित हुने वर्षको उत्कृष्ट […]
परीक्षामा मोबाइल लगे जफत , पत्रकारले पनि फोटो लिन नपाउने
रास्ट्रिय परीक्षा बोर्डले परीक्षामा मोबाइल फोन निषेध गरेको छ । यदि परीक्षार्थी परीक्षा हलमा मोबाइल सहित प्रवेश गरेमा उक्त मोबाइल जफत गर्ने बोर्डले जानकारी गराएको हो । शुक्रवार सानोठिमीस्थित बोर्डको सभा हलमा पत्रकार सम्मेलन गर्दै बोर्डले परीक्षार्थीलाई सामान्य घडी र क्यालकुलेटर बाहेकका सम्पूर्ण इलेक्ट्रोनिक डिभाइस लौजान निषेध गरेको जानकारी गराएको छ । ”सामान्य घडी र […]











