माओवादी जनयुद्धमा सामेल भएवापत १० वर्षको जेल सजाय –

माओवादी जनयुद्धमा सामेल भएवापत एक जनसेनालाई जेल सजाय दिइएको छ । तत्कालिन शाही नेपाली सेनाबाट बिद्रोह गरि तत्कालिन नेकपा (माओवादी)मा लागेका सेनालाई जेल सजाय दिइएको हो ।

यसरी सजाय पाउनेमा गोरखा आरुघाट गाउँपालिका–७ का बिक्रम गुरुङ ‘शक्ति’ रहेका छन । उनलाई सैनिक आदालतले १० वर्षको जेल सजाय दिएको हो । गुरुङलाई नेपाली सेनाले गत जेठमा काठमाडौँको कलंकीबाट पक्राउ गरेको थियो ।

सैनिक अदालतले जेल सजायको फैसला गरे लगत्तै गुरुङ जेल चलान भएका छन् ।

नेपाली सेनावाट हतियार सहित २०६३ भदौमा भागेर तत्कालिन माओवादी सेनामा लागेको आरोपमा गुरुङलाई पक्राउ गरि सेनाको भगौडा ऐन अनुसार मुद्धा चलाइएको थियो । उनी हतियार सहित विद्रोह गरी माओबादी आन्दोलनमा सहभागी भएका थिए ।