गृहका २५ उपसचिवको सरुवा : साखुका जिसीले पाए सहसचिव सीडीओ हुने जिल्ला सर्लाही

गृह मन्त्रालयले केही जिल्लाका सीडीओ र सहायक सीडीओ परिवर्तन गरेको छ । गृहले २५ जनाको सरुवा र पदस्थापना गरेको हो ।

आइतवार सरुवा र पदस्थापना गरिएको जानकारी प्राप्त भएको छ ।

गृहले सर्लाही, सुनसरी, प्युठान, मनाङ, म्याग्दी लगायतका जिल्लामा जिल्लामा सीडीओ सरुवा गरेको छ भने अन्यमा सहायक सिडियो परिवर्तन गरेको छ ।

सर्लाहीका प्रजिअ कृष्णबहादुर राउत सुनसरी पुगेका छन् भने इलाका प्रशासन कार्यालय साँखुका मोहनबहादुर जिसीलाई प्रजिअको जिम्मेवारी दिएर सर्लाही पठाइएको छ ।

हेर्नुस् सरुवा लिस्ट