रोल्पामा जंगली च्याउले लियो एकै परिवारका ३ को ज्यान

रोल्पा, १३ साउन । रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

लुङ्ग्री गाउँपालिका–६ की २५ वर्षीय फुर्मली बुढाथोकी र ४ वर्षीय छोरी सुनिता बुढाथोकी र ३ वर्षीय छोरा पुष्कर बुढाथोकीको मृत्यु भएको हो ।

गत साउन ८ गते जंगली च्याउ खाँदा उनीसहित छोराछोरी बिरामी भएका थिए ।

उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।