रेडियो कार्यक्रम वापत कमिसन खाने अधिकृत रंगेहात समातिए

काठमाडौंस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, टेकुका जनस्वास्थ्य अधिकृत रंगेहात समातिएका छन् । सोमबार सातौं तहका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता घुस रकमसहित समातिएका हुन् ।

कोटेसन मार्फत जनचेतनामुलक सामाग्री रेडियोमा प्रचारप्रसार गर्न केन्द्रले दिएको भएपनि सेवाप्रदायक संग त्यसबापतको कमिसन लिएपछि उनी अख्तियारको फन्दामा परे । रकम भुक्तानि गरे पश्चात कमिशन बापत घुस माग गरीरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिइ गएको टोलीले गुप्तालाई पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

कोइरालाका अनुसार सेवाग्राहीसँग एक लाख घुस वापतको रकम लिइसकेको अवस्थामा बबरमहलस्थित बन विभागको परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।