बैशाखमा लिइएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं, १३ साउन । गत बैशाखमा भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो । 

यसपटक बोर्डले ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरेको छ । वोर्डले प्रकाशित गरेको नतिजाअनुसार ३ हजार भन्दा बढी विद्यार्थीले उच्च ग्रेड ल्याएका छन् । वोर्डले जनाए अनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । बैशाखमा भएको कक्षा १२ को परीक्षामा नियमित, ग्रेडबृद्धि र आंशिक गरी ४ लाख २८ हजार ६७ परीक्षार्थीले परीक्षा दिएका थिए ।

नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थीहरु सहभागी रहेकोमा ३ हजार ६७ जनाले उच्च तहको जीपीए प्राप्त गरेका छन् । त्यसैगरी त्यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ जना रहेको छ भने ३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् । नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस्

२.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३ जना रहेको छ । २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७ जना रहेका छन् । त्यस्तै १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् भने १.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार रहेको छ । त्यस्तै सार्वजजिक नतिजाअनुसार ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् । सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन् ।

ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए भने ५७ हजार १ सय ७० परीक्षार्थी आंशिकतर्फ परीक्षामा सहभागी थिए । आंशिकतर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

यसपटक ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । त्यसैगरी आंशिक तर्फ ५७ हजार १ सय ७० परीक्षार्थी थिए । आशिंक तर्फ परीक्षा दिएको मध्ये २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका छन् । बोर्डले गत वर्ष देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धति अनुसार प्रकाशित गर्न थाले पनि आँशिकको भने पुरानै तरिकाले सार्वजनिक गर्दै आएको छ ।

रिजल्ट हेर्नका लागि यहाँ क्लिक गर्नुहाेस्

 

Loading...