शिक्षक लाइसेन्सको परीक्षा रद्द, अर्को परीक्षा कहिले ?

भक्तपुर । माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाईसेन्स) को परीक्षा अन्तर्गत शुक्रबार भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा रद्द गरिएको छ । शिक्षक सेवा आयोगले बस्तुगत प्रश्नको मात्रै कार्तिक २३ गते परीक्षा गर्ने गरी यसअघिको परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

शुक्रवारको अंग्रेजी विषयको परीक्षामा बस्तुगत प्रश्नतर्फ क,ख,ग,घ मध्ये घ सेटमा उत्तरमा गाढा भएर आएको थियो । आयोगले तत्काल सच्याउन भने पनि सबै जिल्लाहरुमा नसच्चिएको पाइएकाले परीक्षा नै रद्द गर्ने निर्णय गरिएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए ।

उक्त घटनाले परीक्षाकै मर्यादामा आँच आएको भन्दै आलोचना बढे पछि विबादमा फस्नु भन्दा बरु परीक्षा नै पुन सञ्चालन गर्ने आईतबार बसेको आयोगको बैठकले गरेको डा. थपलियाले जानकारी दिए ।

हरेक केन्द्रमा पठाईएको ४ अलग अलग सेट मध्ये उत्तर बोल्ड भएको सेट वितरण भएको थाहा पाउना साथ तुरुन्तै अर्को प्रश्न पत्रको सेट खोलेर परीक्षा सञ्चालन गरिएकाले रद्द गर्नु जरुरी नभएको आयोगले तर्क गर्दै आएको थियो । तर परीक्षार्थीले भने घटनालाई आयोगको हदै सम्मको लापरवाहीको संज्ञा दिर्दै आलोचना गरेका थिए ।

५२ जिल्लाका ३ सय १ परीक्षा केन्द्र मध्ये शुक्रबारको अँग्रेजीका लागि ८२ वटा केन्द्रमा झण्डै १३ हजार ७ सय परीक्षार्थी सहभागी थिए ।

अब सबै केन्द्रमा फेरी परीक्षा गर्ने गरी शुक्रबारको परीक्षा रद्द गरिएको हो ।

Loading...