शिक्षक लाइसेन्स परीक्षा बहिस्कार गर्न उत्रेका शिक्षकहरु पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न ठाउँबाट शिक्षकहरुलाई पक्राउ गरेको छ । शिक्षक लाईसेन्स परीक्षा बहिष्कार गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका मध्ये शिक्षक विष्णु दौल्याल र वेदप्रसाद जोशीलाई कैलालीबाट पक्राउ गरिएको बताइएको छ । दौल्याल माध्यमिक विद्यालय शिक्षक युनियनका केन्द्रीय उपाध्यक्ष हुन भने जोशी माध्यमिक विद्यालय शिक्षक युनियकै सचिव हुन् ।

माध्यमिक शिक्षक यूनियनका केन्द्रीय अध्यक्ष पुष्प प्रसाद न्यौपानेले दुबै जनालाई शिक्षक लाइसेन्स परीक्षाको विरोध गर्ने केन्द्रीय कार्यक्रम अनुसार काममा खटिरहेका बेला प्रहरीले पक्राउ गरेको जानकारी दिए । उनले भने, साथीहरु परीक्षा बहिष्कारको आह्वान गर्दै हिँडेका बेला पक्राउ गरिएको हो । केन्द्रको निर्णय बमोजिम पम्प्लेट टाँस्दै हिँडेका बेला पक्राउ गरिएको हो । हामी प्रहरीको यो ज्यादतीपूर्ण कार्यको निन्दा एवं भत्र्सना गर्दछौं ।◘

यसअघि युनियनले शिक्षक लाइसेन्स खारेजीको माग राख्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । सर्वोच्च अदालतले शिक्षक लाईसेन्सको परीक्षा रोक्न नपर्ने आदेश दिए पछि यूनियनले लाइसेन्स परीक्षा बहिष्कार गर्ने निर्णय गरेको थियो । शिक्षक सेवा आयोगले खोलेको विज्ञापन नम्बर ३५ ले आफुहरुलाई नसमेट्ने भन्दै यूनियनका तर्फबाट शिक्षकहरुले अदालतमा रिट दायर गरेका थिए ।

उक्त विज्ञापन अन्तर्गत रहेका ६ हजार २ सय जना शिक्षक मध्ये प्रारम्भिक तथ्याङ्क अनुसार ७५ प्रतिशतले परीक्षा वहिष्कार गरेको न्यौपानेले बताए ।

ुकतिपय जिल्लामा त सत प्रतिशत वहिष्कार गरेके खबर आएको छु उनले भने ुसबै भन्दा धेरै परीक्षामा सामेल भएको काठमाडौं उपत्यकामा पनि ६० प्रतिशतले वहिष्कार गरेका छन् ।ु उक्त परीक्षा शुक्रबार विहान ८ बजेबाट शुरु भएको थियो ।

Loading...