अस्थायी शिक्षकहरुमाथि फेरि दमन, ३० अस्थायी शिक्षकलाई एकैठाउँमा गरियो गिरफ्तार

धनुषा । अस्थायी शिक्षकहरुको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले पुनः हस्तक्षेप गरेको छ । आफ्ना विभिन्न मागहरु राखेर भइरहेको आन्दोलनमा दमन गर्नुका साथै ३० जना अस्थायी शिक्षकलाई पक्राउ समेत गरिएको छ । अस्थायी शिक्षकहरु आफ्नो आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए । बिहान मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएका उनीहरुलाई प्रहरीले […]

नेकपाको निर्वाचन परिचालन समिति

पोखरा, १९ कात्तिक । मङ्सिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले दुई हजार ६४१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । निर्वाचनको तयारी सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टीको जिल्ला कमिटीको […]

डोल्पाका स्थानीय तहमा विद्युत् र सञ्चारको समस्या

डोल्पा, १९ कात्तिक । हिमाली जिल्ला डोल्पाका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा छैन । विगतदेखि स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दासमेत विद्युत् र सञ्चारको समस्या समाधान हुन सकेको छैन । अहिलेको युगमा अत्यावश्यक साधनको रुपमा रहेको विद्यु र सञ्चारको पहुँच नहुँदा जिल्लाका विकट गाउँबस्तीमा बसोबास गर्ने नागरिकसँगै स्वयं स्थानीय सरकारनै यस्तो […]

कूल लगानी रु २० करोडमा लुम्बिनी सामुदायिक मुटु अस्पताल बन्ने

खस्यौली, १९ कात्तिक । बुटवल उपमहानगरपालिका–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माण हुने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबासले दिपावलीको अवसरमा देउसी भैलो खेलेर सङ्कलन गरेको करीब रु पाँच करोड र रु १० करोड शेयर सदस्यबाट उठाएर सो अस्पताल बनाउन लागिएको हो । तिनाउ नदी पश्चिम क्षेत्रमा मुटु अस्पतालकोे आवश्यकता महशुस भएपछि त्यसको […]

देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ: गृहमन्त्री थापा

बुटवल, १९ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई असफल तुल्याउन सरकार सफल भएको बताएका छन । गृहमन्त्रालय र प्रदेश नंं. ५, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले मुलुकको शान्ति र स्थिरता सुदृढ बन्दै गएको तथा देशलाई अस्थिरता र विघटनतर्फ […]

पत्रकारितामा महिलालाई पारिश्रमिक कम र जोखिम बढी

हेटौँडा, १९ कात्तिक । बेलुकाको तरकारी बाँकी राखेर बिहान हतार–हतार खाना खाएर कार्यालय पुग्दा कार्यक्रम तयार पार्न ढिलो भइसकेको हुन्छ । उनले चाहेर ढिलो भएको होइन, आफ्नो साधन छैन, सधैँ रिक्सा चढ्न तलबले धान्दैन । उसो त उनले बाटोमा एउटै सञ्चारगृहमा काम गर्ने अग्रज सञ्चारकर्मी दाजु कोठाबाट निस्कने बित्तिकै भेट्किे थिए । दाजुले सँगै जाऔँ […]

काठमाडौँमा हराएका २० मोटरसाइकल र एक कार फेला परे

काठमाडौँ, १८ कात्तिक । ट्राफिक प्रहरीले विभिन्न समयमा काठमाडौँ उपत्यकामा हराएका २० मोटरसाइकल र एक कारलाई खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको वसन्तपुर, कोटेश्वर, नैकाप, थापागाँउ, स्वयम्भू, त्रिभुवन शिक्षण अस्पताल, गोँगबु, सामाखुशी, पाटन, लुभु, बालकुमारीलगायत क्षेत्रबाट हराएका मोटरसाइकल र कार खोजी गरी सम्बन्धित धनीलाई बुझाएको हो । महाशाखाले राम […]

पूर्व एमाले नेताहरु असन्तुष्ट बन्दा भक्तपुरका नेकपा उम्मेदवारलाई बिबादमा तान्ने प्रयास

भक्तपुर, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश ३ भक्तपुर क्षेत्र नं. १ (क) का लागि पार्टीले देवीप्रसाद अर्थात डीपी ढकाललाई उम्मेदवारी बनाएकोमा आपत्ति गर्दै आज कार्यालयमा तालाबन्दी गरिएको हो । नेकपा जिल्ला कमिटी सदस्य मन्दरा मिश्र, साधुराम दाहाललगायत जिल्ला कमिटीका पदाधिकारी, […]

गाई संरक्षण गर्न नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ हुने

बेनी, १८ कात्तिक । स्थानीय गाईको संरक्षणका लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको छ । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मङ्सिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञानमहायज्ञ एवं गौमहोत्सव आयोजना गर्न लागिएको हो । वडा नं ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढीकरण र गाई संरक्षणसँगै प्रसिद्ध कालञ्जर क्षेत्रको […]

महरालाई जेल पठाउने आदेश दिनुअघि इजलासमा उभिएकी रोशनीलाई सरकारी वकिलले बोल्न दिएनन

काठमाडौं, १८ कार्तिक । साेमवार निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल पठाउने अादेश दिनुअघि इजलासमा केही बाेल्न उठेकी पीडित राेशनी शाहीलाई सरकाी वकिलले बाेल्नै दिएनन् । महरामाथि सुरुकाे दिन बलात्कार प्रयासकाे अाराेप लगाएकी शाही त्यसपछि भने निरन्तर महरामाथि लगाइएको अाराेप सहि नभएको भन्दै खण्डन गर्दै अाएकी छन । उनले प्रहरीमा उनका तर्फबाट दिइएको उजुरी […]