सभापति देउवा बालुवाटारमा

काठमाडौँ, ३ माघ । सत्य निरूपण तथा मेलमिलाप आयोगको टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहबीच छलफल भएको छ ।  प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो ।

‘प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवासँग दुवै अध्यक्षहरूले सत्य निरुपण तथा मेलमिलाप आयोगको विषयमा गहन छलफल भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आयोगका पुराना पदाधिकारीले चार वर्षमा परिणाममूखी काम नगरेपछि सरकारले ती पदाधिकारीलाई हटाएर नयाँ पधादिकारी नियुक्त गर्ने तरखरमा छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैतमा सरकारले आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।

Loading...