अलैँचीको भाउ नपाउँदा किसान निराश

बागलुङ, २० कात्तिक । चार वर्षअघि जैमिनी नगरपालिका–१० राङ्खानीका किसानले सुकेको अलैँची प्रतिकिलो रु दुई हजार २०० मा बेच्थे । अलैँची व्यापारी खरिदका लागि किसानको घरघरै पुग्थे । राम्रो भाउ पाउँदा किसान खुशी थिए । अहिले अलैँचीको मूल्य घटेर प्रतिकिलो रु पाँच सय पुगेको छ । फलेको अलैँची पनि बेच्नै गाह्रो छ । उचित मूल्य […]

भारतले जारी गरेको नक्साप्रति नेविसङ्घको आपत्ति

काठमाडौँ, २१ कात्तिक । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घले भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको भन्दै विरोध गरेको हो । नेविसङ्घले आज त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको […]

दुई वर्षमा कर्णाली उज्यालो बनाउछौँ: मन्त्री पुन

सल्यान, २१ कात्तिक । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताए । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ सल्यानले आज सल्यानको बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकारले समृिद्धको सपना बोकेर काम अगाडि […]

भारतको राजनीतिक नक्सा नेपालले खारेज गर्ने, लिपुलेक बचाउन प्रतिवद्ध रहेको भन्दै परराष्ट्रमन्त्रालयले जारी गर्यो यस्तो भनाई

काठमाडौँ, २० कात्तिक । भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्साका विषयमा एकपक्षीय ढंगबाट गरिनै कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने बताइएको छ । नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवम् टिप्पणीप्रति परराष्ट्र मन्त्रालयबाट प्रकाशित विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको हो । विज्ञप्तिमा कालापानी क्षेत्र नेपालको भूभाग भएका स्पष्ट रुपमा बताइएको छ […]

जहा मनमनै होइन, चिच्याएर वर मागिन्छ

पाल्पा, २० कात्तिक । हिन्दूधर्मानुसार मन्दिरमा गएर भगवान्सँग मनमनै ‘वर’ माग्नु नौलो होइन तर यहाँको सत्यवती ताल र माइको मन्दिरमा भने सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ । जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती तालको वरपर तीनपटक घुमेर सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने यहाँको पुरानो चलन हो । तीन दिनसम्म चल्ने मेला कात्तिक २४ […]

सत्यवातीमा चिच्याएर बर माग्ने मेलाको तयारी तिब्र, मेला ३ दिनसम्म चल्ने

पाल्पा, २० कात्तिक । नेपालकै अनौठो मानिने चिच्याएर बर माग्ने पाल्पाको सत्यवती मेलाको तयारी सुरु भएको छ । मेला मुल आयोजक समितिको आयोजनमा आज भएको पत्रकार सम्मेलनमा मेलाको तयारी अन्तिम चरण्मा पुगेको जानकारी दिईएको हो । यस वर्षको मेला यही कात्तिक २४, २५ र २६ गते गरि तिन दिन सम्म चल्ने मुल आयोजक समितिका संयोजक […]

अदालतमा विचाराधिन भए पनि गल्ती गरेकै हुन भन्दै महराकै निर्वाचन क्षेत्रमा पुगे प्रचण्ड

दाङ, २० कार्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले काठमाडौंको डिल्लीबजारस्थित सदरखोर जेलमा छन् । संसद सचिवालयमै काम गर्ने कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा उनी पुर्पक्षका लागि जेल गएका हुन् । नाटकीय घटना झै लाग्ने महराको यो प्रकरणमा धेरैको जिज्ञासा रहेको पक्ष हो आजसम्म दाहिने हातका रुपमा काम गरेका महरालाई प्रचण्डले किन संरक्षण गरेनन् । […]

नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा

काठमाडौँ, २० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत यसबारेमा तत्काल धारणा सार्वजनिक गरी गम्भीर पहलकदमी लिन सरकारसँग माग गरेका छन । कालापानी र लिपुलेक नेपालका अभिन्न अङ्ग भएको […]

नरपानीमा कार दुर्घटना तीनको मृत्यु, दुई घाइते

अर्घाखाँची, २० कात्तिक । सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा केहीबेर अघि बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रकाश महत्राले जानकारी दिए । दुर्घटनामा दुई जना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । घटनामा दुई पुरुष […]

हामी कहिलेसम्म ऐना फुटाइरहने ब्रो ?

कुनै एक विद्वानले भनेका छन् – “तिमी के खान्छौ मलाई बताऊ, तिमी के सोच्दछौ म बताइदिन्छु । तिम्रा साथीहरूको सूची मलाई देऊ र तिमी कहाँ र कस्तो ठाउँमा जान्छौ मलाई भन, तिमी को हौ म भनीदिन्छु ।” यही कुरा गीतको सन्दर्भमा पनि भन्न सकिन्छ । तिमी बाँचेको समाजमा कस्ता गीतहरु (आजको भोलिको भाषामा) भाइरल हुन्छन् […]