एमसीसी र सूचना विधेयक दुवै देशका लागि घातक भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । अमेरिकी अनुदान सहयोग मिलेनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नगर्न सरकारलाई खबरदारी गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

एमसीसी तथा सरकारले संसदमा दर्ता गराएको सूचना विधेयक देश र जनताको हीतमा नरहेको भन्दै यसलाई सच्याउन सरकारलाई खबरदारी गर्न विरोध प्रदर्शन गरिएको हो ।

अमेरिकी सहयोग सम्झौता एमसीसी र सूचना विधेयक दुवै देशका लागि घातक रहेको भन्दै ज्ञानेन्द्र शाही नेतृत्वको समूहले प्रदर्शन गरेको हो ।

Loading...