अग्नि सापकोटालाई सभामुख बनाउन नेकपा अध्यक्षद्वय सहमत

काठमाडौं, ५ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन सहमति बनेको छ।

आइतबार बिहान दुई अध्यक्षको बैठकले सापकोटाको नाममा सहमति जुटाएको हो। प्रचण्डनिकट एक स्थायी समिति सदस्यले सापकोटाको नाममा अध्यक्षद्वय सहमतिमा पुगेको जानकारी दिए। दुई अध्यक्षको सहमतिलाई अपराह्न ४ बजे बस्ने नेकपाको सचिवालय बैठकले अनुमोदन गर्नेछ।

Loading...