संगीत र साहित्यमाथि सरकारी धावा, दुर्घटनाको कारण के साहित्य हो ?

दिलभित्र केटी र झुलभित्र लामखुट्टे पसेपछि सुत्नै गाह्रो,” ‘बेटी बचाओ बेटी पढाओ”, ‘हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ’,’ आमाको बचन काट्नु हुदैंन, बुबालाइ कहिले ढाँट्नु हुँदैन, जन्मदिने आमा बुबा पन्छाएर, श्रीमतीको गाला चाट्नु हुँदैंन” ‘आफु पनि बचौ अरुलाई पनि बचाउ’ जस्ता खालका साहित्यिक रचना अहिले नेपालमा गुड़ने सवारी साधन ट्रक, बस, ट्रली, ट्रिप्परमा देख्न सकिन्छ। यसले बताएका यी रचनाहरु कति सान्दर्भिक छन त कति अश्लीलता गाँसिएको प्रष्ट हुन्छ ।

लेखक

यसरी सवारी साधनमा लेखिंने यी हरफहरु बिशेषत: हाँसो मजाक मनोरञ्जन त कति समय सान्दर्भिक सन्देश दिने देखिन्छन् । प्राय बस, ट्रक सार्वजनिक सवारीमा लेखिनुले यात्रुलाई मनोरञ्जन भएको छ नै कही यात्रुलाई लाजको सामना समेत ब्यहाेर्नु समेत परेको छ । साहित्य लेखन सजिलै लेखिन सकिने काम पनि होइन तर यस्तो लेखाईले महिलालाई लज्जास्पद भोग्नु परेको र हाँसोको पात्र बन्नूले आम महिला अधिकारकर्मीमा तितो यथार्थ बाहिर निकालन केही वर्ष पहिले यसको रोकथाम गर्न र गराउन लागि परेका थिए । तर, सरकारी तवरबाट यसको समर्थन भएको थिएन ।

आखिर अहिले आएर सरकारले नेपालमा धेरै दुर्घटना हुने कारण सवारी साधनमा लेखिने सायरी, गीत, गजल आदि साथै सवारी साधन भित्र बज्ने संगीत पनि एक हो भनेर उर्दी जारी गरेपछि यसको न्यूनीकरणका लागि बहस सुरु भएको छ । यस विषयमा सबैको आ-आफ्नो धारणा प्रस्तुत भए पनि महिला दिदि बहिनीलाई भने फाइदा नै पुग्ने निश्चित छ । अश्लील शब्द, छाड़ा तस्बिरलेसँगै यात्रा गर्नेलाई समेत लाजले शिर निहुराउनु पर्ने बाध्यताको अन्त्य भएको छ।

हाम्रो जस्तो विकासोन्मुख देशमा अहिले आएर सार्वजनिक साधनमा संगीत बजायो, सायरी गीत लेख्यो भनेर बढी दुर्घटनाको कारण भनेर उल्लेख गर्नु ठीक होइन। किनकि हाम्रो देशको भौगोलिक बनावट केही फरक नै मान्नु पर्दछ । हुनत बस भित्र गीत संगीत नबजेको राम्रो मान्नु पर्दछ । कसैलाई मन पर्छ त कसैलाई पर्दैन । यो भनिरहँदा लामो दुरीको बाटोमा, अझ रात्रिकालीन यातायातमा गीत संगीत नहुनुले चालकलाई बोर लाग्ने, निद लाग्ने हुने हुन्छ।

बागलुङदेखि बर्दियासम्मको लामो दुरीमा करिव १२ वर्षदेखि नियमित गुडाउने बिमल श्रेष्ठका अनुसार ‘रात्रिकालीन बसमा गीत संगीत बजाउनै पर्ने, आजकल त अझ मनोरंजनका लागि टिभी, वाइफाई छ भनि प्रचार गर्नुपर्ने र चालक पनि पालैपालो राख्नु पर्ने आवश्यक छ।’ श्रेष्ठ भन्नुहुन्छ ‘अहिले यसरी गीत संगीत बजाएर दुर्घटना नभई नेपालमा साँघुरिएको एक लेन बाटो र मर्मत सम्भार नहुनुलाई ठान्दछु।’

नेपालको तुलनामा बिदेशका बाटो चौड़ा हुने, पैदल हिड्ने र सवारी गुड़ने बाटो नै फरक हुनेगर्छ जसका कारण बिदेशमा दुर्घटना हुने अत्यन्त कम हुन्छ । १० वर्षदेखि अस्ट्रेलिया बस्ने मेरो साथी सन्तोष पाठक जो नियमित सवारी चलाउने गर्छ उसले त्यहाँ दुर्घटना हुने भनेको नै चालकले मादक पदार्थ सेवन, तीब्र गतिमा सवारी चलाउनु, ओभर टेक गर्नु,चालकको लापरबाही, बाटो र नियमको अज्ञानता बढी हुनुले दुर्घटना हुन्छ भनेर भनेका थिए। तर, हाम्रो देशमा साथीले भने जस्तै त हो नै अझ भन्नु पर्दा सडक दुर्घटनालाई मानवीय कारण, सडकको भौतिक संरचना, यान्त्रिक कारण, ख़राब मौसम र ट्राफिक अनुगमनमा सरकारी तह फितलो पनि हो भनेर मान्न सकिन्छ।

नेपालमा ट्राफिक प्रहरीको जानकारी अनुसार सडक दुर्घटना हुनुको मुख्य कारणमा चालकको लापरबाही नै मान्ने गरिएको छ । दुर्घटनाका कारण मध्ये चालकको लापरवाही ६७ प्रतिशत, यात्रुको गल्ती ४ प्रतिशत, ओभरटेक ४ प्रतिशत, तीव्र गति १५ प्रतिशत, यान्त्रिक गडबडी ४ प्रतिशत र अन्य ६ प्रतिशत रहेको छ । अहिले साधन भित्र बज्ने संगीत र साहित्य सिर्जनालाई समेत दुर्घटना निम्त्याउने तत्व हो भन्नु गलत छ । केही रूपमा असर हो मुख्य जड़ पक्कै होइन।

ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सडक दुर्घटनामा परेर २,७८९ जनाले ज्यान गुमाएका थिए । यो अझै भयावह हुँदै अघि बढेको छ। नयाँ नयाँ सडक निर्माणभन्दा पनि भइरहेका सडकको स्तरोन्नति, विस्तार तथा मर्मत–सम्भारमा बढी ध्यान दिनुपर्दछ साथै सडकको स्तरोन्नति पनि वर्षाको समयमा गर्नु र असार मसान्तसम्म बजेट सक्नुपर्ने बाध्यता पनि दुर्घटनाका कारण हुन । सार्वजनिक यातायातलाई सरल, सुलभ र भरपर्दो बनाउन अनिवार्य भइसकेको छ । सार्वजनिक साधनको पनि मर्मत सम्भार आवश्यक छ। बिदेशतिर गुड्ने सार्बजनिक साधनमा नियमित चेक जाँच, दक्ष चालक हुने गर्दछन् । मादक पदार्थ सेवन गरेर चलाउन पाउदैन र बाटोमा समेत ट्राफिक बत्ती, रोड सिग्नल बोर्ड, क्रसिंङ लाइनहरु सबैले देखने गरेर राखिएको हुन्छ जसले गर्दा दुर्घटना कम हुने गर्दछ ।

दुबईमा ड्राइभर गरेका अनुज ढकालले लाइसेन्स लिनको लागि २ वर्ष लागेको बताउँछन् । किनकि दुबईमा सहज लाइसेन्स निकाल्न सकिदैन । यहाँ हरेक लिखित, प्रैक्टिकल जाँचमा पास भएर मात्र लाइसेन्स दिने गरिन्छ र यहाँको नियम कानून समेत कड़ा हुने गर्दछ । नेपालमा पहुँचको भरमा लाइसेन्स वितरण, अनपढ़, अदक्ष हुनुले सवारी प्रयोग गर्दा दुर्घटना हुने हुन्छ।

अब नेपालमा दुर्घटना कम गर्न सवारीको नियमित चेक जाँच, क्षमता भन्दा बढी यात्रुमा रोक, बाटो फराकिलो, बाटोमा सिग्नल बोर्ड, चालक, सह-चालकलाई समय समयमा ट्राफिक नियमको ज्ञान, नियम उलंङ्घन गर्दा बढी मात्रामा करको दायरा बढाउने, बिग्रेका कुचिएका सवारी प्रयोग नगराउने, मादक पदार्थ, लागु औषध सेवन गराई सवारी नचलाउन आग्रह गर्न सकियो भने यस्ता खालका दुर्घटनामा कमी गर्न सकिन्छ ।