जोहेबको देउसी गीत ‘झिलि र मिली’ सार्वजनिक

आउदै गरेको नेपालीहरुको महान चाड तिहारको मौका पारेर गायक जोहेब मानन्धर र सुजन ढकालले देउसी गीत “झिली र मिलि साँझको बेला” ( देउसी रे) को भिडियो सार्वजनिक गरेका छन । निकै नै मौलिक र परम्परागत शैलीमा तयार पारिएको यो मीठो देउसी गीतमा शब्द र सङीत चर्चित गायक तथा संगीतकार जोहेब मानन्धरले गरेका हुन।

अहिलेको समय मौलिकता, साँस्कृतिक विविधता हराइरहेको बेला गायक द्वयको यस गीतले सङीत प्रेमीहरुलाई आफ्नो नेपालीपनको आभास दिलाउने र आफ्नो संस्कृतिको जगेर्ना गर्न उक्त गीत उत्कृष्ट देखिन्छ । बेजोड शब्द सङीतसँग मिठो स्वरको समिश्रणले गीत मनमोहक बनेको छ भने भिडियोमा पनि त्यही परम्परागत शैली देख्दा मन आनन्दित हुन्छ।

गीतमा मौलिक शब्दको प्रयोग र सङीत मादल, सारङ्गीको तालमेल एकदमै मीठो सुनिएको छ । छोटो समयमा नै धेरै दर्शक श्रोताले मन पराइसकेका छन । आफू लाई भर्सटाइल गायक अनि सङ्गीतकारको रुपमा चिनाउँदै आएका गायक जोहेब मानन्धर हरेक गीतमा नौलोपन र फरकपन पस्कन माहिर देखिन्छन्। यो गीतबाट पनि उनको यो छवि प्रस्ट देखिन्छ भने अर्का नवगायक सुजन ढकाल अहिले युवा पुस्ता माझ चर्चित गायक हुन। पप शैलीका गीतहरु गाउने गायक द्वयको यो देउसी गीतले तिहारको भावनालाई प्रकट गर्न सफल भएका छन । गीतको अरेंजमेंट चर्चीत अरेन्जर सन्दिप कार्कीले गरेका छ्न भने मिक्स्सिङ रेकर्डिङमा पिक स्टुडियोका दिनेश राजबहाक छ्न।

भिडियोमाअखिलले राम्रो दृश्य कैद गरेका छन। माधव बेलबासेले एडिटिङ रहेको भिडियोलाई माधव अधिकारीले निर्देशन गरेका छन । ओयसआर डिजिटलको यूट्यूब च्यानल मार्फत उक्त भिडियो निकालेको हो।

गायक सुजन ढकाल भन्छन्, “सानोदेखि हरेक तिहारमा देउसी भैलो खेल्दै हुर्केको हुनाले यो तिहार चाड मलाइ विशेष महत्व लाग्छ सानोमा सधै साथीभाइसँग देउसी खेल्दा आफू अग्रपंक्तिमामा बसेर देउसी भट्टाउने र मादल बजाउने गर्थे । सांगीतिक क्षेत्रमा लागिसकेपछि देउसी भैलोको गीत बनाउने सोच पहिलेदेखि नै थियो । यसपाली चाहि जुरियो” गायक जोहेब भन्छन् “हामी अर्को एउटा म्युजिकल प्रोजेकटमा काम गर्दै थियौ। कुरै कुरामा एकदिन जोहेब जीले यो देउसी गीतको कम्पोज सुनाउनु भो, निकै नै मीठो सङीत र मौलिक शब्दले सजिएको गीत मलाइ पनि सार्है मन पर्यो र अर्को प्रोजेक्टलाई पछि राखेर यो गीत गरिहाल्यौ। आशा छ सम्पुर्ण नेपाली श्रोताहरुले यस तिहार गीतलाई माया दिनुहुन्छ होला गीत सुन्दा उहीँ हाम्रो मौलिकता पाउनुहुन्छ र हाम्रो पनि प्रयास यही छ कि बिशुद्द नेपालीपन होस् ।

हेर्नुहोस भिडियो

लेखकका अन्य लेख सामाग्रीहरु

एटीएम काण्डः नेपाली बैंकबाट इन्टरनेशनल ह्याकरले करोडौं रकम लुटे

 

– नेपाली गीत संगीतः कहिले पाइरेसी त कहिले कन्टोरभर्सीको शिकार

 

नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई समुन्द्र पारीबाट खुला पत्र

 

– घर, परिवार अनि आफ्नो सुन्दर भविष्यको खोजिमा विदेशमा काम गर्ने नेपालीहरु यसरी मनाउँदैछन दसै

 

Loading...