नेपाली खेलाडीमाथि राजनीतिक खतराको घण्टी

नेपाली फुटबलको एकलौटी तानाशाही प्रवृति, म्याच फिक्सिङ काण्ड, अध्यक्षको भ्रष्टाचार काण्ड पर्दाफास भएसँगै फेरि एक पटक नाईट क्लबमा मोज मस्ती गरेको समाचार बाहिर आएको छ। जुन आम फुटबल प्रेमीलाई चासो र चिन्ताको विषय बन्न पुगेको छ। मिडियामा आउने नकारात्मक टिप्पणीहरु र उनले भोलिको दिनमा गर्न सक्ने उपलब्धिहरुको बारेमा चासो दिनु हाम्रो कर्तब्य पनि हो।

हाम्रा नेपाली खिलाडी चाहे फुटबल, भलिबल, क्रिकेट, कराते जस्ता आदि खेलमा देश बिदेसबाट ट्रफी, मेडल र देशलाई बिश्व सामू चिनाउन सफल हुनु कम ठूलो कुरा होइन । तर, हाम्रो संस्था, निकायले सानो सानो घटनालाई लिएर उनले गरेको काम प्रति तिरस्कार, असन्तुष्ट पैदा गराउनु उनीहरुको आत्मबल कम गराउनु हो । खेल खेल्नु कुनै नेताले भाषण गरेर उपस्थित सबैलाई आकर्षित पारे जस्तो सहज होइन । न गर्मी न जाडो सम्झेर मैदानमा उत्रनु कुनै आपसी देश देश बीचको द्वन्द्व भन्दा कम हुँदैन । मैदानमा गए पछि कस्तो खालको जोश देशप्रतिको माया र विपक्ष प्रतिको कस्तो खालको आक्रोश हुन्छ भन्ने त्यों खेलाडीलाई देखेर र महशुस गर्दा थाहा हुन्छ।

लेखक

एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई कारवाही गरेको छ जस मध्येका एक खेलाडी बिमल घर्ती मगर जसले सन् २०१६ मा बंगलादेशको ढाकामा भएको बंगबन्धु कप भित्राउने पनि त्यही खेलाडी हुन । २३ बर्ष पछि अन्तराष्ट्रिय पदक दिलाउन सफल खेलाडीलाई यसरी लज्जास्पद तरिकाले कारवाही गर्नु न्याय संगत नहोला ।

जो गरीब राष्ट्रका गरीब खेलाडी जसले आधा पेट खाएर, दक्ष ज्ञान प्रबिधिको कमीलाई अन्यत्र नदेखाइ राष्ट्रका निम्ति खेल विश्व सामू चिनाउन सधै लागि पर्ने खेलाडीको यो दुर्गति हुनुले आगामी नयाँ आउने खेलाडीलाई समेत नराम्रो असर पर्ने देखिन्छ।राष्ट्रले खेलाडीप्रति कस्तो खालको खानपान सेवा सुबिधा प्रदान गरेको छ, त्यसलाई बेवास्ता गरी हाम्रा खेलाडीले आफ्नो देशको लागि विजयको खेल खेल्नु कुनै युद्ध जित्नु भन्दा कम पक्कै होइन। देशले खेलाडीलाई हौसला, सुबिधा दिन नसके पनि उनीहरुको आत्मबल गिर्ने खालको प्रवृति नगरोस भन्ने हो । न त कुनै खेलाडीसँग कुनै घमण्ड छ न त कुनै खेलाडीसँग मनग्गे आर्थिक पार्जन नै तर आफ्नो देशको लागि जति लगिरहे पनि यो देशले गतिलो सम्मान र कुनै रोजगार, औषधी उपचार जीवनयापनको ग्यारेन्टी दिन सकेको छैन । यसको जिम्मेवार को हो ? सरकार हो कि अहिलेको राजनीतिक माहोल ? तर, देशका खेलाडीले जितेर आएमा त्यसको जस लिन नेता र कार्यकर्ताको लाइन लाग्छ । भाषण गर्न आफैले जितेर आएको भन्दा बढी गर्छन । यसलाई के ठान्ने जो खेल मैदानमा खेलाडीले युद्ध जितेभन्दा बढी आफ्नो देशको नाम संसारभर चिनाउन सफल छ ।

खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले तानाशाही रुपले कारवाही गर्नु उचित होइन । जो खेलाडीले बंगबन्धु कप, साफ़ गेम, एएफसी सोलिडारिटी कप जस्ताको हकदर हाम्रा नेपाली खिलाडी हुन भनेर बिर्सन कदापी हुँदैन । पूर्ब अध्यक्ष गणेश थापाले २३ वर्षदेखि हिटलर शैलीमा आफ्नो एकक्षत्र राज गर्दा उनलाई भ्रस्टाचार काण्डमा समेत पर्यो तर पनि उनमा कमी आएन । जब उनका छोरा गौरब थापाले समेत करोडौ भ्रष्टाचार गरेको आरोप खेपे यस्ता घटनाका साक्षी ती खिलाडी नतमस्तक भएर टुलुटुलू हेर्नु सिवाय केही भएन । तर पनि राष्ट्रका निम्ति गोल्ड मेडल ल्याउन कहिल्यै पछि परेनन् ।

हुन त यो पनि बिर्सन मिल्दैन कि केही खेलाडी २०७४ सालमा म्याच फिक्सिङ काण्डमा राष्ट्रीय फुटबल टिमका कप्तान सागर थापा सहित प्रशिक्षक अञ्जन के सी, विकास सिंह क्षत्री, रितेश थापा र सन्दीप राईलाई हिरासतमा लिएको थियो । यस्ता खालका हरकत नभएको पनि होइन ।

हामी यो बुझ्न छोड्नु हुन्नकी हाम्रा खेलाडी देशका गौरब हुन । साथै राष्ट्रका गहना र आशाका किरण पनि हुन । उनीहरुको आफ्नो स्वतन्त्रता हुन्छ । सेलिब्रेटी भएपछि हरेकको पिछा लाग्नु स्वभाबिक नै हो । तर, खेलाडी, कलाकार हुँदैमा कही जानुहुन्न, खानहुन्न भन्ने पक्कै छैन । उनीहरुको पनि आफ्नो स्वतन्त्रतालाई लगाम लगाएर जबर्जस्त लाद्न खोज्नु मुर्खता हो । तर, आम कलाकार खेलाडी जस्तो आम मानिसको चासो र चर्चाको पात्र भएपछि आफु कुन हदसम्म जानु आवश्यक छ भन्ने स्वयम खेलाडीले सोच्नु जरुरी छ।

देश, समाज, राजनीति र सरकारप्रति बफादार रहेर देशको हितमा लागि पर्ने खेलाडी सजग र सहज तबरले बाहिरी रंगीन दुनियाँमा घुलमिल जायज छ तर आफ्नो नियम कानुनी सीमामा बाँधिनु पनि हाम्रा खेलाडीको आफ्नो धर्म हो । उनीहरुलाई केही दिन नसके पनि आत्मसम्मान, सहानुभूति र हौसला दिन कञ्जूस्याई नगरौ ।

लेखकका अन्य लेख सामाग्रीहरु

एटीएम काण्डः नेपाली बैंकबाट इन्टरनेशनल ह्याकरले करोडौं रकम लुटे

– नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई समुन्द्र पारीबाट खुला पत्र

– जोहेबको देउसी गीत ‘झिलि र मिली’ सार्वजनिक

– घर, परिवार अनि आफ्नो सुन्दर भविष्यको खोजिमा विदेशमा काम गर्ने नेपालीहरु यसरी मनाउँदैछन दसै

 

Loading...