घर, परिवार अनि आफ्नो सुन्दर भविष्यको खोजिमा विदेशमा काम गर्ने नेपालीहरु यसरी मनाउँदैछन दसै

दशै आइसकेको छ तर पनि स्वदेस छाड़ि बिदेसमा बस्ने नेपालीहरु के कसरी दशै मनाउने गर्दछन् ,खुसी या दुःखी के छन त सबैले आ आफ्ना धारणा यसरी प्रस्तुत गरेका छन।

सचिन्द्र श्रेष्ठ, कूस्मा, हाल यूएई

खासै दशै मनाइदैन त्यसमा पनि अझ मुस्लिम देशमा बस्छु यहाँ केवल एक अर्कामा शुभकामना साटा साट मात्र बढी संघ सस्थले गर्ने गर्दछ ।हामिहरुको छुटि पनि सोहि दिन मिल्ने गर्देन।उही साथीहरु सँगै बसेर रमाइलो गर्ने परिवार सम्झी दुस्खी र निराश हुने भन्दा पनि सबै सँग मिलेर सबै दुःख बिर्सेर मनाउँनु पर्दछ।

किरण छन्त्यल, म्याग्दी, हाल स्पेन

हरेक बर्ष बाबा आमाको हात बाट टिका लगाउने र आशिर्बाद लिने गर्थे ,बिदेस हिडेको निधार रित्तो भएको धेरै भयो कता कता नरमाइलो त लाग्छ त्यही पनि यहाँ बिरानो ठाऊ मा आएर पनि सबै साथीसँग मिलेर मिठो मिठो खाएर मनाउने सोच छ।

नवराज कार्की, संखुवासभा, हाल दुबई

विदेशमा बस्ने नेपालीहरु विशेष गरी खाडी मुलुकमा कार्यरत नेपालीहरु महान चाड बडा दशैंमा पहिले आफ्ना परिवार सँग कमसेकम फोनमै शुभकामना दिन्छन/लिन्छन र विदा हुनेहरु परिवारिक,साथीभाई भेटघाट गरी खुशी साटासाट गरी मनाउँछन भने विदा नहुनेहरु कार्यस्थलमा नेपालीहरु भए शुभकामना आदानप्रदान गर्दै मनाई छुट्टी पश्चात कोठामा साथीहरु मिली केहि रमाइलो गरी खुशी साट्दै मनाउने गरेको देखेको छु र दशै सकिए पनि आफ्नो छुट्टीमा सामूहिक रुपमा भेटघाट गरी कुनै पार्क या अन्य ठाउँमा मनाउने गरिन्छ।

गोपाल गिरी, कूस्मा, हाल द कोरिया

दशैं फोनबाट मनाएको धेरै वर्षनै भयो, अब त आफुलाई सम्हाल्न धेरै हदसम्म सिकी पनि सकियो ।सायद मान्यजनका आशिषले दिमाग भित्र जम्मा हुदै गरेको फोहोरहरु पखालिदै थियो|यसलाई समझानामा राखी साथीहरु सँग बसेर मनाउने गर्दछु।

नेत्र घर्ती मगर, नवलपरासी, हाल यूएई

घरमा भएको भए चौरासी व्यंजन खान पाइन्थ्यो तर यहाँ भने …जे होस् चाडबाड मा घर को याद सारै आउछ.. गाउँघर को रोटे पिंङ/मेला पात, हासोरंङ ,सबै को हसिलो मुहार झल्झली आइरहेछ यसलाई समझेर साथी सँग बस्ने र काममा गएर नै दशै मनाउने गरिन्छ।

अमित सापकोटा, सर्लाही, हाल दुबई

हामी जहाँ भएता पनि आफ्नो चाड पर्व र सस्कृतीको जगेर्ना गर्नु पर्छ भन्ने मुल नाराका साथ हामी बिदेशीएका नेपाली दाजु भाइ तथा दिदि बहिनीहरु आफुलाइ पाएक पर्ने पार्क ,नेपाली रेस्टुरेन्ट तथा मन्दिरमा गएर पुरेत को हात बाट टीका ग्रहण गरेर आशिर्वाद लिएर नेपाली रेस्टुरेन्टमा विभिन्न परिकार को खानाको स्वद लिएर मनाउने गर्दछु।

लेखकका अन्य लेख सामाग्रीहरु

एटीएम काण्डः नेपाली बैंकबाट इन्टरनेशनल ह्याकरले करोडौं रकम लुटे

 

– नेपाली गीत संगीतः कहिले पाइरेसी त कहिले कन्टोरभर्सीको शिकार

 

– जोहेबको देउसी गीत ‘झिलि र मिली’ सार्वजनिक

 

– नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई समुन्द्र पारीबाट खुला पत्र

 

Loading...