नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई समुन्द्र पारीबाट खुला पत्र

खै कहाँबाट शुरु गराै मन्त्री ज्यू, तपाइ मन्त्री भएको दिनदेखि आरोप प्रत्यारोप नआएको दिन छैन जस्तो लाग्छ । तर, अघिल्लो दिनको घटनाले त म केही नलेखि बस्न सकिन । हुनत हजुरलाई यो घटना सामान्य लाग्ला तर आम मानिस दिनहुँ यो पीडा नभोगिरहने कमै छन होला भनेर फरक नपर्ला । रौतहट का ३५ वर्षीय रूपलाल शाह जो जनकपुरदेखि काठमाण्डौ उपचारका लागि आएका थिए जसको बाटोमा नै मृत्यु हुन पुग्यो । यो घटनाले झन सशक्त बनाएको छ आम मानिसलाई जसले सरल र सर्बसुलभ उपचारका निम्ति देशको राजधानी मानिने ठाउँमा उपचार गर्न हरकोही आउने गर्छ, उसका लागि अहिले राजधानी यही यातायातका कारण अभिसाप बन्न पुगेको छ । किनकि सबै सुविधा जो राजधानीमा नै केन्द्रित छ तर आम मानिसको के गल्ती मन्त्री ज्यु निकै टाढादेखि उपचार गर्न राजधानी जो आउँछन्।

मन्त्री ज्यू हजुरको नाममा नै महा.. (सेठ)को बिल्ला भिर्नुभएको छ तपाईलाई भन्ने बितिकै सबै सुबिधा उपलब्ध हुने तर बिडम्बना सबैको पहुँच यो छैन कि तुरुन्त बिरामी पर्दा हेलिकॉप्टर चार्टर गरेर ठुला ठुला डाक्टर र अस्पताल लैजाने । जसको असरले थुप्रै रूपलाल शाह जस्ता मानिसहरू अकालमैं मृत्युको मुखमा पुग्नु पर्ने अवस्था सिर्जना भएको छ । यही यातायातका कारण मृत्यु मात्र होइन मन्त्री ज्यु, चितवनका मेरा मित्र राजन वाग्लेको सम्बन्धमा समेत दरार आएको छ। गएको असार २८ गते बिहेको दिन तोकिएको थियो तर बिदेशदेखि गएका मेरा मित्र काठमाडाैदेखि घर पुग्दा २ दिन लाग्यो जसोतसो बिहेको अघिल्लो दिन घर त पुगे । ससुरालीतिर बिहे रोकियो भनेर हड्ताल नै गरे भनेर गुनासो पोखे आखिर समस्याको जड लामो यातायात जाममा पर्नु थियाे !

दुइ दिनअघि अन्तरवार्ता दिने भनेर हिडेका पर्बत कुस्माका सत्येन्द्र श्रेष्ठ, भनेको समयमा अन्तरवार्ता स्थल पुग्न नसकेर त्यसै फर्किनु परेको दुखेसो पोखे । स्वयं म नै घरदेखि बिहान ६ बजे हिडेको आधा राति पानी परेको अवस्थामा राजधानी पुगे जबकि ६ घण्टामा आरामले पुग्न सकिने ठाउँमा १८ घण्टा लाग्यो । यो त्यही बढ्दो लामो लाइन नागढ़ूंगाको पृथ्वी राजमार्गमा पर्ने जाम हो मन्त्री ज्यु यसको जिम्मा कस्ले लिने ?

माननीय मन्त्री ज्यू, हजुरले भने जस्तो ६ वर्षमा पूर्ब पश्चिम रेलमार्ग बनाउने, जिटूजि रेल किने भनेर भनिरहनु पर्दैन । कोशी ब्यारेज भारतले पहिल्यै बनायो अब आफ्नै लगानीमा बनाउँछौ, सुरङ्ग मार्ग बनाउँछौ, पानी जहाज ल्याउछौ भनेर दिनहुँ खोक्न छाड्नुस मन्त्री ज्यू । किनकि पहिले भएका संरचनालाई टालटूल,बाटो चौड़ा र मर्मत सम्भार गर्न थाल्नुस, ट्राफिक नियम पालना गराउनुस । जनता जाहेर छन कच्ची सडकमा बसमा भेड़ा कोचे जस्तो गरी कोचेर, ढोकामा झुन्डिएर बस चढ्नुको मज्जा एक पटक चढेर हेर्नुस मन्त्री ज्यू,बाटो बनाउने ठेकेदारलाई चढाउनुस आम मानिसले कसरी यातायात प्रयोग गर्ने रहेछन् भन्ने थाहा हुने थियो आखिर हजुर महा… (सेठ) जो पर्नु भयो यस्तो खालको समस्याको समाधान गर्ने यातायात सुधार जनताले कहिले पाउने ?

मन्त्री ज्यू, म बिदेस बस्छु तर सबै यहीको जस्तो होस् तुरुन्त भन्दिन किनकि भन्ने बितिकै संसारमा कहि पनि हुन्न तर कोशिस गर्न सकिन्छ । यहाँ न ट्राफिक समस्या, ट्राफीक बत्तीको सही सदुपयोग, ठाउँ ठाउँमा सीसी क्यामेरा, उचित प्रबिधिको प्रयोग, सबै काम मोबाइल इ -बैंकिंङ (जरिवाना तिर्न कार्यालय धाउनु पर्दैन) मानिस, साईकल हिड्ने अलग बाटो, बढी सार्बजनिक यातायातको सही प्रयोग,जस्तो ट्राफिक जाम हुँदा पनि इमरजेन्सी यातायातका साधन (एम्बुलेन्स, दमकल, प्रहरीका साधन)लाई अलग बाटो तथा बाटो छोड़ी जान दिने परिपाटी छ यसलाई क्रमागत रुपमा लागु गर्न सके फाइदा हुन्छ ।

माननीय मन्त्री ज्यू, नेपालका बाटोमा वर्षा लागेपछि बाटो खन्ने प्रवृति छ यसले समेत असर पारेको छ केही दिन अगाडि बाटो नजिकैको पहिरोमा परेर उही बाटो नापने इन्जिनियरको पुरिएर मृत्यु भयो । कतै पहिरोले गाड़ी नै बगाएको, बाटो नजिकैको स्कूलको भवन भत्किदा पढन गएका बालबालिका पढन नपाएका घटना सुन्न समेत पाइयो । यसको क्षतिपूर्ति कहिलेसम्म हामीले तिर्ने मन्त्री ज्यू ! किनकि हजुरलाई यसरी सार्वजनिक रुपमा हिड्नु जो पर्दैन।आखिर महा… (सेठ) जो पर्नु भयो ।

मन्त्री ज्यू, ठेकेदारको लापरवाहीका कारण बाटो समयमैं नबन्नु, निर्माण कम्पनीलाई ताकेता नगर्नु, बने पनि पक्की रुपमा नबन्नु यो पनि एउटा तत्व हो जो यातायात क्षेत्रलाई कुरूप बनाएको छ ।भ्रमण वर्ष मानिरहँदा एअरपोर्टबाट झर्ने बितिकै कच्ची बाटो हुँदै बाहिर निस्केर गन्तब्य पुग्ने बेलासम्म यस्तो छाँट देख्दा पनि सुधार हुन नसकेको राजधानीमा पर्यटकले के सोच्लान कुन्नि ! कसरी पर्यटक आउँछन् भनेर बुझ्न सक्ने कहिले मन्त्री ज्यू !

रोड सेफ्टीको नारा, लामो दुरीमा दोहोरो चालक राख्ने, रोड ट्याक्स नीति आवश्यक छ । हाम्रो देश त्यसै त बढी भौगौलिक कठिनाई छ हाम्रा हवाई मार्ग, सुरङ्ग मार्ग, यातायात स्थल मार्ग, रेल मार्ग, जल मार्गको सम्भावना छ । तर, अहिले आवश्यक भनेको भइरहेकाे बाटो घाटोको सुधार र वायु प्रदुषण जस्ता समस्यालाई इलेक्ट्रिक साधन मार्फत वायु प्रदुषणको रोकथाम गर्ने हो । यातायातले त हामीलाई दुर्घटना बनाउन मद्दत गर्ने र प्रकृतिले पनि हामीलाई मृत्यु बनाउन सहज भूमिका खेल्नुले अझ कति हामी समस्यामा रहेछौ भन्ने प्रष्ठ हुन्छ। अब साथसाथै उच्च बृद्धि भएको साधन खरिदमा कमी, सार्वजनिक यातायातको बढी प्रयोग गर्ने खालको नीति तथा साधन राज्यले प्रवाह गराउनु पर्दछ मन्त्री ज्यु !

मन्त्री ज्यू ! सडक सुधार, ट्राफिक व्यवस्थापन र नीतिगत सुधार गर्दै सडक सुरक्षामा राज्यले गम्भीर भएर ध्यान दिन सक्ने, सडक नपुगेका ठाउँसम्म सडक पु¥याउने, पुगेको ठाउँमा कालोपत्रे गरेर स्तरीय सडक बनाउने, राजमार्गको विस्तार तथा मर्मत गर्ने सबै काम राज्यले समयमै गर्नुपर्ने, यातायात सम्बन्धी विद्यमान ऐन कानुनको कार्यान्वयन एवं सुधार र परिमार्जन गर्न सके यातायात क्षेत्रमा छिट्टै सुधार हुने थियो कि !

लेखकका अन्य लेख सामाग्रीहरु

एटीएम काण्डः नेपाली बैंकबाट इन्टरनेशनल ह्याकरले करोडौं रकम लुटे

 

– नेपाली गीत संगीतः कहिले पाइरेसी त कहिले कन्टोरभर्सीको शिकार

 

– जोहेबको देउसी गीत ‘झिलि र मिली’ सार्वजनिक

 

– घर, परिवार अनि आफ्नो सुन्दर भविष्यको खोजिमा विदेशमा काम गर्ने नेपालीहरु यसरी मनाउँदैछन दसै

 

Loading...