पर्वत सेवा समाज यूएईको बनभोज कार्यक्रम सम्पन्न

यूएई, दुबई । पर्बत सेवा समाज यूएई ले अंग्रेजी नया बर्ष २०२० को अवसर पारेर शुक्रवार दुबई स्थित मुशरिफ पार्क मा भब्यताका साथ बनभोज तथा सास्कृतिक कार्यक्रम सम्पन्न गर्यो।

एक आपसमा समझदारी, भाईचारा साथै बसन्त ऋतुको आगमनमा हर्ष उल्लास सदैब कायम रहोस् ,नया बर्षको शुभकामना साटासाट ,वन्धुत्व भावना कायम प्रगाढ होस् भन्ने उद्देश्यका साथ
पारिवारिक जमघट ,भेटघाट हुने भएकोले बनभोजको आयोजना गरिएको समाजका अध्यक्ष सरोज जी सी ले जानकारी दिनु भयो।

उक्त बनभोज कार्यक्रममा आदर्श कास्की समाज,स्याङ्जा समाज,ब्यापारी ,बिभिन्न तह तप्काका बिसिस्ट ब्यक्तित्व ,पत्रकार साथै स्थानीय कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

विगतमा पर्बत जिल्लालाई बिभिन्न राहत, सिप मूलक तालिम,आर्थिक,सास्कृतिक सहयोग गर्दै गरेको र आगामी दिनमा अझै पर्बत जिल्लालाई पर्यटन मार्फ़त देश बिदेसमा चिनाउन सो समाज ले अग्रणी भूमिका खेल्नु पर्नेमा समाज का पूर्ब अध्यक्ष राजेन्द्र अधिकारीले बताउनु भयो।

सांस्कृतिक कार्यक्रम नाचगान, रमाइलो खेल,मिष्ठान्न परिकारका साथ कार्यक्रम सम्पन्न गरिएको समाज को कार्यक्रम मात्र नरहि अहिले यूएई का बिभिन्न सहरमा संघ, सस्था, क्लबले बनभोज को आयोजना गर्ने लहर नै छाएको छ।

Loading...