प्रधानमन्त्रीद्वारा सन् २०२० को शुभकामना व्यक्त

काठमाडौं १६ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० को शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा ओलीले २०१९ स्थिर राजनीतिक उपलब्धिको वर्ष पनि भएको बताएका छन्।

सन्देशमा उनले २०१९ मा अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाएको दाबी गरेका छन्। सन्देशमा ओलीले भनेका छन् ‘यसै वर्ष अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सक्यौं भने दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार गर्‍यौं।’

२०१९ मा पृथकतावादी प्रवृत्तिलाई सधैंका लागि अन्त्य गरेको, भूकम्पपछिको पुनर्निर्माण अन्तिम चरणमा पुगेको, जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजनाहरु सम्पन्न गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

Loading...