चुहावटमा गएको कर रकम ७ अर्बभन्दा बढी भएको आधिकारिक अनुमान

काठमाडौं, २ माघ। दश वर्षअघिको मूल्य अभिवृद्धि र आय कर सम्बन्धि विवादको सुनुवाइ पुस २७ आइतबारबाट सर्वोच्च अदालतमा सुरू भई भोलीपल्ट सोमबार फैसला भयो । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स प्रालि, शंकर अक्सिजन ग्यास प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स, एआइटी प्रालि, महेश बानियाँ, होटल एभरेष्ट इन्टरनेशनलको सुनुवाइ आइतबारबाट सुरू भएको थियो । आन्तरिक राजस्व कार्यालय, […]

पूरै नेपाल भूकम्पीय जोखिममा

काठमाडौँ, २ माघ । नेपालमा बेलाबेला ठूला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति भएका छन् । भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले पूरै नेपाल भूकम्पीय जोखिममा छ । आधुनिक उपकरणमा अभिलेखीकरण भएको अहिलेसम्मकै ठूलो भूकम्प गएको ८६ वर्ष पूरा भएको छ । […]

नेप्से २० अङ्कले लाग्यो उकालोतिर

काठमाडौं, १ माघ । पुस मसान्तमा घटेको शेयर कारोवार मापक नेप्से परिसूचक माघको पहिलो दिन २० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २०.८५ अङ्कले बढेर एक हजार २८४.२३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.६८ अङ्कले बढेर २७८.९७ मा पुगेको छ । परिसूचक २० अङ्कले बढ्दा कारोवार रकम भने […]

नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जना पक्राउ

काठमाडौं, १ माघ । नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाएको ‘स्विप अप्रेशन’मा अनैतिक क्रियाकलाप गर्ने ७३ व्यक्तिलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले गोङ्गबु नयाँ […]

सुन्दा लाज हुने र रुखो बोलीका यातायात मजदुर, लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू

काठमाडौं १ माघ। रुखो बोलीका यातायात मजदुर, त्यसमाथि यात्रुको लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू काठमाडौंँ उपत्यकामा गुड्ने कतिपय सार्वजनिक सवारी साधनमा देखिएको यो ज्वलन्त समस्या हो । त्यति मात्र होइन, भाडा उठाउनकै लागि यात्रुलाई कोचाकोच गरिन्छ । ट्राफिक प्रहरी प्रमुख भीम ढकाल यसमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछन् । तर कति सम्भव […]

थारु समुदायमा धुमधामका साथ माघी पर्व मनाइदैं

काठमाडौँ, १ माघ । थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ […]

अब फेसबुक, युट्युबमा विज्ञापन बैङ्किङ प्रणालीबाट

काठमाडौँ, १ माघ । फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता नेपालीमाझ चर्चित सामाजिक सञ्जालमार्फत अवैधानिक रूपमा विदेशिने रकम अबदेखि बैङ्किङ प्रणालीमा आबद्ध गराउनुपर्ने भएको छ । यस्ता माध्यमबाट बाहिरिने रकम बढेको र त्यसबाट ठूलो राजस्व गुमेको ठहर गर्दै नेपाल राष्ट्र बैङ्कले यसलाई वैधानिक बनाउने तयारी सुरु गरेको हो । सामाजिक सञ्जालबाट हुने कारोबारलाई पारदर्शी र निश्चित प्रणालीमा आबद्ध गराउने उद्देश्यअनुरूप यस्तो […]

क्याटालोनियाको रसायन प्लानमा भयानक बिस्फोट

एजेन्सी । स्पेनको स्वायत्त राज्य क्याटालोनियामा रहेको रसायन प्लानमा बिस्फोट भएको छ । स्थानीय अधिकारीका अनुसार बिस्फोटमा कम्तिमा एकजनाको मृत्यु भएको तथा अरु ८ जना घाइते भएका छन् । घाइते भएका मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । बिस्फोटपछि एकजना बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तारागोनाको दक्षिणी क्षेत्रमा रहेको प्लान्टमा रसायन दुर्घटनाका कारण […]

टुँडिखेलमा माघी महोत्सव

काठमाडौं । थारु समुदायको नयाँ आर्थिक वर्ष माघीको अवसरमा अाज बुधबारदेखि टुँडिखेलमा ‘माघी महोत्सव’ सुरु हुने भएको छ। दुई दिनसम्म चल्ने महोत्सवको अाज दिउसाे १ बजे पूर्वप्रधानमन्त्री एवं नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक कनुलाल चौधरीले बताए। उनका अनुसार विहान १०:३० बजे बसन्तपुरबाट झाँकी र्‍यालीको […]

सामूहिक बलात्कारका चार दोषीलाइ ७ दिनपछि झुण्ड्याइदै, मृत्युदण्डअघि परिवारलाइ भेटन दिइने

काठमाडौँ । भारतको तिहाड कारागारका अधिकारीहरुले निर्भया सामूहिक बलात्कार घटनाका चारजना दोषीहरुलाई मृत्युदण्डभन्दा पहिले अन्तिम पटक आफ्नो घरपरिवारका सदस्यसँग भेट्न चाहेकोबारे सोधपुछ गरेका छन् । टाइम्स अफ इण्डियाले कारागार श्रोतलाई जनाउँदै आफ्नो रिपोर्टमा लेखेको छ, ‘२० जनवरी अर्थात फासी हुने दुईदिन अघिसम्म दोषीहरुलाई परिवारका सदस्यसँग भेटघाटका लागि अनुमति दिइने छ ।’ कारागारका अधिकारीले भनेका छन् […]