काठमाडौँ । सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको छ । बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको एक मन्त्रीले जानकारी […]
मुख्य समाचार
थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो
काठमाडौं । पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०४ पुगेको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् । मन्त्रालयकाअनुसार पछिल्लो पटक थपिएका थपिएका संक्रमित मध्ये १०९ जना कपिलवस्तुका छन् […]
हङकङको विषयमा ट्रम्पले गरे चीनको चर्को आलोचना
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई निशाना बनाएर ल्याइएको नयाँ सुरक्षा कानूनलाई लिएर चीनको आलोचना गरेका छन् । उनले अमेरिकाले हङकङको यात्रा तथा व्यापारलाई लिएर दिँदै आएको विशेष व्यवहार अन्त्य गर्न थाल्ने घोषणा पनि गरेका छन् । चीनले ल्याएको नयाँ सुरक्षा कानून दुःखद रहेको उनले बताएका छन् । यस्तै ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) […]
सडकमा लाइभ दिँदै गरेका सीएनएनका तीन पत्रकारलाइ लगाइयो हतकडी
एजेन्सी । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका एक पत्रकारलाई प्रहरीले मिनियापोलसमा भइरहेको प्रदर्शनको समाचार सम्प्रेषण गरिरहेका बेला पक्राउ गरेर केही बेरपछि रिहा गरेको छ । जर्ज फ्लोइड नाम गरेका अश्वेत व्यक्तिको प्रहरी हिरासतमै निधन भएपछि मिनियापोलसहित अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ । मिनियापोलसमा प्रदर्शनको प्रत्यक्ष रिपोर्टिङ्ग गरिरहेका बेला प्रहरीले सिएनएनका पत्रकार ओमार जिमिनेजलाई हतकडी […]
ट्रम्प र ट्विटरबीच फेरि अर्को लफडा, ट्रम्पका ट्वीट ‘हाइड’ गर्न थालियो
काठमाडौं, १७ जेठ । सामाजिक सञ्जाल ट्विटरले ‘तथ्य-जाँच’ राखेर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्विटमा भनिएका कुरा गलत साबित गर्न थालेयता दुईबीच सुरु भएको शत्रुता दिनप्रतिदिन बढ्दै गएको छ। यसै क्रममा अहिले ट्विटरले ट्रम्पले गरेको ट्विट नै प्रत्यक्ष नदेखिने गरी ‘हाइड’ मा राख्न थालेको छ। ट्रम्पले हिंसालाई प्रोत्साहन गर्ने खालको ट्विट गरेकाले त्यो आफ्नो मान्यताविपरीत भएकाले […]
ट्रम्पले फेरि गरे अर्को विवादित निर्णय, विश्व स्वास्थ्य संगठनसँग सबै नाता तोडेको घोषणा
काठमाडौं, १७ जेठ । कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि अर्को विवादित घोषणा गरेका छन । उनले ह्वाइटहाउसमा पत्रकार सम्मेलन गरेर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै नाता तोडेको घोषणा गरेका हुन् । ट्रम्प पछिल्लो समय डब्ल्यूएचओसँग निकै आक्रोशित बनेको देखिएको छ । उनले शुक्रबारको पत्रकार सम्मेलनमा डब्लूएचओमाथि आरोपको वर्षा नै […]
‘शिक्षा बजेटले महामारीबाट उत्पन्न शैक्षिक समस्या सम्बोधन गर्न सकेन’
काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को बजेटले कोभिड–१९ को महामारीबाट उत्पन्न शैक्षिक समस्या सम्बोधन गर्न नसकेको विज्ञहरुले टीप्पणी गरेका छन् । बजेट वर्तमान शैक्षिक धरातल नछोइ आएको तथा न्यायपूर्ण नभएको उनीहरुको आरोप थियो । शिक्षा पत्रकार समूहले शुक्रवार आयोजना गरेको ‘बजेटमा शिक्षा : अपेक्षा, आवश्यकता र सम्बोधन’ विषयक भर्चुअल शिक्षा संवादमा सहभागी विज्ञहरुले […]
सवारी पास छ भन्दैमा जथाभाबी नहाकाैं, राडार गनले समात्ला
काठमाडौँ, १६ जेठ । लकडाउनको समयमा सवारी पास लिएका सवारी साधनामाथि ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ । लकडाउनले सडकमा सवारी साधन निकै कम संचालन भएर तीब्र गतिमा सवारी चलाउने गरिएको र त्यसबाट सम्भावित दुर्घटनालाइ रोक्न भन्दै ट्राफिक प्रहरी महाशाखाले निगरानी बढाएकाे हाे । तीब्र गतिमा चलाइएका सवारीकाे गति कति छ […]
सशस्त्रको अस्पतालमा नेपाली सेनाका कर्णेलले जिते कोरोना
नेपाली सेनाकाे मध्य पुर्वी पृतनाका पृतनापति समेत रहेका उपरथी सुरेस कुमार कार्कीले कोरोना भाइरस(काेभिड १९)माथि विजय प्राप्त गरेका छन् । तीन पटकको पिसिआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी डिस्चार्ज भएका हुन् । संक्रमण पुष्टि भएपछि उपरथी कार्की १२ दिन अघि बलम्वुस्थित सशस्त्र प्रहरी बलको कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । उनीसंगै उनको पृतनाका एक […]
कोरोना संक्रमितलाई लिन पुगेको प्रहरीमाथि अवरोध, हवाई फायर गर्दै पछि हट्यो प्रहरी
कोरोना भाइरस संक्रमितलाई लिन पुगेको प्रहरी र स्वास्थ्यकर्मी माथि अवरोध भएको छ । रौतहटमा केहि मानिस प्रतिकारमा उत्रिएपछि अवरोध उत्पन्न भएको हो । शुक्रवार विहान रौतहटकाे इशनाथ नगरपालिका–७ स्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ जना संक्रमित व्यक्तिलाई लिन पुगेका प्रहरी र स्वास्थ्यकर्मीलाई केहि स्थानीयले अवरोध पुर्याएपछि स्थिति तनावग्रस्त बनेको थियो । संक्रमितलाई उपचारका लागि […]











