काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं, १५ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । सोमबार मेयर शाक्यलाइ कोरोना संक्रमण भएकाे पुष्टि भएको हो ।

मेयर शाक्यकाे दुई दिनअघि स्वाब संकलन गरी परिक्षणका लागि लगिएकाे थियाे । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । त्यसकाे रिपाेर्ट आज आएकाे हाे । 

मेयर शाक्यमा काेराेना देखिए पनि उनकी पत्नीलाई भने संक्रमण देखिएकाे छैन । साथै मेयर शाक्यलाई कोरोना संक्रमणको कुनै लक्षण पनि नदेखिएको उनकाे सचिवलायले जनाएकाे छ । उनी अहिले होम आइसोलेसनमा बसेका छन् ।

यसैबीच आज देशभर ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर संक्रमित हुनेको संख्या ३९ हजार ४६० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १९०, ललितपुरका ६७, भक्तपुरका ४१, ओखलढुङगााका १, खोटाङका १, झापाका ५, मोरङका १९, संखुवासभाका ९, सुनसरीका २५, धनुषाका ३१, पर्साका ३४, बाराका २३, महोत्तरीका ६, रौतहटका १, सप्तरीका २२, सर्लाहीका १०३, सिराहाका ५, काभ्रेका १३, चितवनका ७१, दोलखाका २, धादिङका १, मकवानपुरका ४२, रामेछापका २, सिन्धुपाल्चोकका १, सिन्धुलीका ७, कास्कीका ३, गोर्खाका १३, तनहुँका २६, नवलपरासीका ७, लमजुङका २, बागलुङका ४, अर्घाखाँचीका २, कपिलवस्तुका १, पाल्पाका १, वर्दियाका २, बाँकेका १४, रुपन्देहीका ११, जुम्लाका १, सुर्खेतका ३८, अछामका २३, कञ्चनपुरका ७, कैलालीका १६, डोटीका १, बझाङका १ तथा बैतडीका २ जना संक्रमित थपिएका हुन्।देशभर १७ हजार ८२२ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ११ हजार १२९ जनाको पीसीआर परीक्षण गरिएको छ भने ७ हजार ३३७ जना क्वारेन्टिनमा रहेका छन्। गत २४ घन्टामा ५८८ जना संक्रमणमुक्त भएर डिसचार्ज भएका छन्।

यससँगै डिसचार्ज हुनेहरुको संख्या २१ हजार ४१० पुगेको छ। देशभर १३२ जना आइसीयुमा छन् भने १६ जना भेन्टिलेटरमा छन्। मनाङ र मुस्ताङ गरी देशभर दुई जिल्ला संक्रमणमुक्त रहेका छन्।

Loading...