कोरोनासँगै दार्चुलामा देखापर्यो स्क्रब टाइफस

दार्चुला । दार्चुलामा स्क्रब टाइफसका बिरामी भेटिएका छन्। जिल्ला अस्पतालका अनुसार दुई महिला र तीन पुरुषमा सङ्क्रमण देखिएको हो।

महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक पुरुषमा सङ्क्रमण देखिएको अस्पतालका चिकित्सक गजेन्द्र दुवालले जानकारी दिए।

उनीहरुमध्ये एक जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ। एकजनालाई जिल्ला अस्पतालमा नै भर्ना गरिएको छ। अन्यको अवस्था भने सामान्य रहेको छ।

स्क्रब टाइफसको जस्तै लक्षण भएका बिरामी अस्पताल आएपछि परीक्षण गरिएको उनले बताए। यसअघि पनि मालिकार्जुनमा स्क्रब टाइफसको लक्षण देखिएको थियो।

Loading...