राजधानीमा जारी कर्फ्यू थप्ने कि अन्त्य गर्नेबारे बुधवार मात्र निर्णय हुने

काठमाडौँ । दुई सातायता जारी कर्फ्यूबारे बुधवारमात्र निर्णय गरिने भएकाे छ । सुरुमा एक हप्ता भनेर जारी गरिएकाे कर्फ्यू गतहप्ता बढाएर भदाै १७ सम्म पुर्याइएकाे थियाे ।

बुधवार तीनवटै जिल्लाका जिल्ला प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुखसहितको संयुक्त बैठक बस्ने र कर्फ्यूबारे निर्णय गर्ने बताइएको छ। मंगलबार तीनवटै जिल्लाका सीडीओको भर्चुअल मिटिङ भएको र साे बैठकले बुधवार फेरि बैठक गरेर निर्णय गर्ने निष्कर्ष निकालेकाे हाे ।

ललितपुरका जिल्ला प्रशासन प्रमुख नारायणप्रसाद भट्टले मंगलबार सामान्य छलफल भएको र बुधबार सबैको सुझावलाई हेरेर निर्णय गरिने बताए। ‘ निषेधाज्ञालाई अब के गर्ने भन्नेबारे बुधबार निर्णय हुन्छ’, भट्टले भने।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण फैलिरहे पनि निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने दबाब बढ्दो छ। उद्याेगी व्यवसायीहरुले त्यस्तो माग गरिरहेका छन्। उपत्यकामा सोमबार मात्र २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

Loading...