काठमाडौं, १६ भदौ । काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घन्टामा ४८१ जना नयाँ काेराेना संक्रमित भेटिएका छन् । त्यसमध्ये काठमाडाै जिल्लामा सबैभन्दा बढी काेराेना संक्रमित थपिएका छन् । साथै देशभर मंगलबार सबैभन्दा बढी १०६९ जना काेराेनाका संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयका उपत्यकामा भेटिएका ४८१ नयाँ संक्रमित मध्ये काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० छन् । देशभरका प्रयोगशालामा १२ हजार ८८ नमुना परीक्षण गर्दा ३४४ महिला र ७२५ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार रुपन्देहीका ९१ जना, सुनसरीका ५६, चितवनका ४५, बझाङका ४०, बाँकेका ३३, लमजुङका ३२, डोटीका २४, कैलालीका २०, सर्लाहीका १९, नवलपुरका १५, झापाका १४, गुल्मी र अछामका १३/१३ जना, मोरङ र बैतडीका १२/१२ जना तथा धनुषा, दोलखा र धादिङका ११/११ मा संक्रमण पुष्टि भएको छ ।
अर्घाखाँचीका ९ जना, काभ्रे र गोरखाका ८/८ जना, कपिलवस्तुका ७, मकवानपुर र सिन्धुलीका ६/६ जना, रौतहट र तनहुँका ५/५ जना, कास्की, नवलपुर र कञ्चनपुरका ४/४ जना, ओखलढुंगा, खोटाङ, महोत्तरी, नुवाकोट, रामेछाप, जुम्ला, दैलेख र डडेलधुराका २/२ जना तथा उदयपुर, पाँचथर, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, पर्वत, पाल्पा, प्युठान, रुकुम पश्चिम, सल्यान र सुर्खेतका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २३९ जनाको मृत्यु भइसकेको छ । साथै २२ हजार १७८ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७६८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ छ ।