अनलाइनबाट होम डेलिभरी सेवा फेरि भयो सुचारु

काठमाडौँ । अनलाइनका माध्यमबाट हुने होम डेलिभरी सेवा पुनः सुचारु भएको छ। ई–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमले मंगलबार विज्ञप्ति जारी गर्दै अनलाइन सेवा सुचारु भएको जानकारी दिएको हो।

फोरमका अनुसार भदौ १६ गतेदेखि बिहान ९ः१५ बजेभित्र सेवा सञ्चालन गर्दा कुनै पनि अवरोध नहुने तथा यसका लागि पूर्वस्वीकृति पनि लिनुपर्नेछ।

अनलाइनका माध्यमबाट होम डेलिभरी सेवा दिँदा अत्यावश्यक सामग्री मात्र बिक्री गर्न पाइने विज्ञप्तिमा उल्लेख छ। यदि अत्यावश्यक बाहेकका सामान डेलिभरी गरेको पाइएमा फोरम जिम्मेवार नहुने विज्ञप्तिमा उल्लेख छ।

अनलाइनका माध्यमबाट हुने डेलीभरी सेवालाई प्रहरीले भदौ ११ र १२ गते बन्द गरेको थियो। सरकारले पनि यस अघि ई–कमर्स सेवाबाट हुने होम डेलिभरीको सेवा सञ्चालन गर्नका लागि मापदण्ड निर्माणका लागि समितिसमेत गठन गरिसकेको छ।

Loading...