काठमाडौं । तीनकुने भएको प्रदर्शन हिंस्रक भए पछि राप्रपाले केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । समासमायिक राजनीतिक बिषय, तीनकुने घटना र पार्टीका महामन्त्रीलगायत पक्राउ परे पछि राप्रपाले केन्द्रिय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको हो । बैठक दिउँसो ३ः०० बजेवाट सुरू हुनेछ । गैरीगाउँ तीनकुने, कोटेश्वर, बालकुमारी, जडिबुटी, आलोकनगर लगायतमा राजावादीहरूले गरेको प्रदर्शन हिंस्रक बन्न जाँदा […]
मुख्य समाचार
माओवादी केन्द्रका नेता आचार्यलाई मातृशोक
नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश समिति सदस्य एवं समाजसेवी युवराज आचार्यलाई मातृशोक परेको छ । उनकी ममतामयी आमा टिकामाया आचार्यको ७७ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ । सर्लाहीको ईश्वरपुरपुर-४ स्थायी घर भएकी टिकामाया भक्तपुरको सूर्यविनायक-८ स्थित दार्जिलिङ हाइट निवासी हुन् । उनी कान्छो छोरा युवराज संगै रहेकी थिइन् । निजी निवासमै उनको निधन […]
राजावादीले आगो लगाएको घरमा जीउँदै जले पत्रकार, महासंघको स्थापना दिवस बिरोध सभामा परिणत
राजावादीहरूको आगजनीमा परी तीनकुनेमा पत्रकार सुरेश रजकको ज्यान गएको छ। राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा उनको ज्यान गएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको हो । तीनकुनेको घरबाट उनले एभिन्यूज टिभीका लागि लाइभ गरिरहेका थिए। त्यसक्रममा राजावादीहरूले घरमा आगजनी गर्दा उनको जलेर ज्यान गएको प्रहरीको भनाइ छ । उनी सो आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक […]
केएमसीले प्रर्दशनमा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने
काठमाडौ । काठमाडौको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेज (केएमसी) ले आज भएको प्रर्दशनमा घाइते भएकाहरूको निशुल्क उपचार गर्ने जनाएको छ। अस्पतालले सूचना प्रकाशन गरी विभिन्न स्थानमा भएको प्रर्दशनमा घाइते भएकाहरूको निशुल्क उपचार गर्ने जनाएको हो। अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत ठानेर घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको जनाएको छ। औषधि बाहेक अन्य उपचार अस्पतालले बेहोर्ने निर्णय भएको […]
एकसाथ देखिए प्रमुख तीन दलका शिर्ष नेता
काठमाडौं । प्रमुख तीन दलका शिर्ष नेता एकै मञ्चमा उभिएका छन् । नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनमा उनीहरू एकसाथ देखिएका हुन् । उनीहरूले एकै मञ्चमा साझा गर्नुका साथै संयुक्तरुपले सम्मेलनको उद्घाटन पनि गरे । नयाँ बानेश्वरमा जारी सो सम्मेलनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा […]
‘रअ’लाई अमेरिकामा प्रतिबन्ध लगाउन सिफारिस
न्यूजकारखाना, वासिंगटन डिसी। अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा अल्पसंख्यकहरूलाई नराम्रो व्यवहार भइरहेको आरोप लगाएको छ। जसका कारण पनि आयोगले भारतको जासुसी एजेन्सी ‘रअ’ लाई प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो। अमेरिकी आयोगले सिख पृथकतावादीहरू विरुद्धको हत्याको षड्यन्त्रमा गुप्तचर निकायको संलग्नता रहेको आरोप पनि लगाएको छ । आयोगले भारतलाई ‘विशेष चासोको देश’ घोषणा गर्न पनि सिफारिस […]
काभ्रेका जिसस प्रमुख पक्राउ, आजबाट हुने भनिएको युवा महोत्सव स्थगित
काभ्रेपलान्चोक । काभ्रेका जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । बैंकिङ कसुर सम्बन्धी मुद्दामा जिसस प्रमुख गौतम पक्राउ परेका हुन् । प्रहरीले गौतमलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि बानेश्वर प्रहरी बृत्तमा राखेको बताइएको छ । बुधबार प्रहरीले काठमाडौबाट उनलाई पक्राउ गरेपछि आज बिहीबारबाट काभ्रेमा हुने भनिएको युवा महोत्सव समेत स्थगित भएको छ […]
घर भाडामा लिएर अनलाइन जुवा र क्रिप्टो कारोबार
न्यूजकारखाना, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठबाट गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको तथा क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा ११ जना भारतीय पक्राउ परेका छन्। प्रहरीले मंगलबार साँझ बुढानिलकण्ठ नगरपालिका-३ देउला टोलबाट भारतीयहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार घर भाडामा लिएर जुवा खेलाउने र क्रिप्टो करेन्सी कारोबार गरेको पाइएपछि भारतीयलाई […]
अर्घाखाँचीमा बस दुर्घटना, चारको गयो ज्यान
अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना बुधबार साँझ दुर्घटनामा परेको हो। सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु२ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे-सन्धिखर्क सडकखण्डमा दुर्घटनामा परेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीषक श्यामबहादुर खत्रीले बताए। मृत्यु हुनेमा […]
३ लाख १६ हजार बढी छन् कम्पनी, पौने दुई लाखले बुझाएनन् विवरण
काठमाडौ । कम्पनी रजिष्ट्रारको कार्यालयले साधारण सभा, घाटा, नाफा लगायतका विवरण पेश नगर्ने कम्पनीहरुको संख्या उच्च रहेको बताएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार कार्यालयमा दर्ता भएका १ लाख ७३ हजार ७५ वटा कम्पनीले वार्षिक साधारण सभा मुनाफा बाँडफाँट लगायतका विवरणहरु पेश गरेका छैनन् । कार्यालयममा हालसम्म ३ लाख १६ हजार २ सय २२ वटा […]











