काठमाडाैं, १० साउन । आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ। नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। बिजुलीको किफायती प्रयोगका लागि कार्यान्वयनमा ल्याउन लागिएको ऊर्जा दक्षता कार्यक्रम, २५ मेगावाटको ग्रिड सोलार कार्यक्रम रोकिएका छन्। भारतबाट थप बिजुली आयातका लागि […]
मुख्य समाचार
अब नेपालमा महिलाका लागि छुट्टैं बैंक स्थापना हुँदै
काठमाडाैं, १० साउन । अब नेपालमा पनि महिलाका लागि छुट्टैं बैंक स्थापना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग सहकार्य गरेर महिलाका लागि छुट्टैं बैंक स्थापना गर्ने तयारी थालेको हो । यसका लागि आइएफसीसँग प्रारम्भिक सहमति भइसकेको महासंघ अध्यक्ष भवानी राणाले बताइन् । आजको नयाँ पत्रिकामा खबर छ […]
लाइसेन्स लफडामा निजीको डेढ अर्ब फस्यो
काठमाडौं, १० साउन । निजी क्षेत्रका प्रवर्दकले जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स)का लागि राखेको धरौटी रकम सरकारले फिर्ता नगर्दा उनीहरूको एक अर्ब ४७ करोड रुपैयाँ फसेको छ । महालेखा नियन्त्रक कार्यालयले एक वर्ष बितेपछि फिर्ता नलिएका धरौटी स्वतः सदर स्याहा (राजस्वमा दाखिला हुने) पत्राचार गरेपछि ऊर्जा मन्त्रालयले यस्तो रकम फिर्ता गर्न सकेको छैन । विद्युत् विकास […]
दार्जलिङमा माओवादीहरु छिरेको समाचारले दिल्लीमा हलचल
काठमाडौँ, ९ साउन । गोर्खाल्याण्डको माग गर्दै नेपालीभाषीको आन्दोलन झन्झन् चर्कर्दै गएको छ । भारतीय संचारमाध्यमहरुले भड्काउने खाले समाचार सम्प्रेशण गरिरहेका छन् । हिन्दुस्तान टाइम र टाइम्स अफ इन्डियाले गोर्खा जनमुक्ति सेनाले तोडफोडको लागि नेपालबाट २५–३० जना माओवादीहरु ल्याएको बताएका छन् । पश्चिम बंगालका उच्च अधिकारीको हवाला दिँदै उक्त समाचार सम्प्रेशण गरिएको छ । त्यसैगरी […]
नेपालमा अहिलेसम्मकै ठूलो साइबर हमला । ५८ वटा सरकारी वेवसाइटमाथि खतरानाक अाक्रमण
काठमाडाैं, ९ साउन । साइवर ह्याकरहरुकाे एक समूहले नेपालमा अहिलेसम्मकै ठूलाे अाक्रमण गरेकाे छ । साे समूहले नेपाल सरकारकै वेवसाइटहरुलार्इ अाक्रमणकाे निशाना बनाएकाे छ । अाफूलार्इ प्याडक्स साइबर घोस्ट नामक परिचय दिएकाे हमलाकारीले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक साइबर हमला गरेको दाबी गरेका छन् । साे समूहले नेपाल सरकार रक्षा मन्त्रालयदेखि कानुन मन्त्रालयसम्मका […]
साउनमा उर्लेको भेरी नदीमा फसेका युवकलार्इ प्रहरीले गर्यो उद्धार
डोल्पा, ९ साउन । डोल्पाको सदरमुकाम दुनैमा भेरी नदिमा फसेका एक यूवकको प्रहरीले सकुशल उद्धार गरेको छ । उदयपुर जिल्ला सिस्पुर वडा नम्बर ९ स्थायी घर भइ हाल डोल्पाको दुनैमा बस्दै आएका बर्ष २० का पबिन मगरको प्रहरीले सकुशल उद्धार गरेकाे हाे । भेरी नदीले बगाएर ल्याएकाे काठ उतारेर बेच्नका लागि पविन मगर नदीमा पसेका […]
बाबुरामको नयाँ शक्ति र प्रचण्डको माओवादी केन्द्रबीच एकता प्रयास सुरु
काठमाडौ, ९ साउन । संघीय समाजवादी फोरमसँग पार्टी एकता नभएपछि नयाँ शक्तिका केही नेताहरुले माओवादी केन्द्रसँग छलफल सुरु गरेका छन् ।नयाँ शक्तिका संगठनका विभाग प्रमुख देवेन्द्र पौडेलको अगुवाईमा माओवादी केन्द्रसँग छलफल सुरु भएको हो । अन्तिम चरणमा आएर उपेन्द्र यादवले धोका दिएको भन्दै नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रसँग छलफल सुरु गरेको स्रोत बतायो । नेता […]
सुनकाण्डका खास तस्करहरु महल थप्दै भरिया जेलमा जाकिदै
काठमाडौं । प्रहरीले बारम्बार करोडौं मूल्य बराबरको सुन बरामद गर्दै आएको छ, तर पनि तस्करी रोकिएको छैन । यति धेरै सुन बरामद हुँदा पनि किन तस्करी रोकिएन ? किनकि सुन तस्करीका नाइकेहरु सधैँ सुरक्षित हुने गर्दछन् । प्रहरीले जतिसुकै अनुसन्धान गरेपनि उनीहरु जेल जानु पर्दैन । एक पटक बरामद भएको सुनको लगानी २÷४ पटक तस्करी […]
१८ बर्षदेखि लाउडा काण्डको पौने २ अर्ब बेरुजु अझै सल्टिएन
काठमाडाै । मुलुकको हवाई इतिहासमै लाउडा प्रकरणले लामो समयसम्म चर्चा पायो । नेपाल वायु सेवा निगमका तत्कालिन उच्च अधिकारीसहित पर्यटनमन्त्री समेत र प्रधानमन्त्री समेत मुछिएको यो प्रकरणले झन्डै २ महिना संसद अवरुद्ध पनि भयो । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको राजनीतिक इतिहासमै कालो धब्बा लगाउने यो प्रकरणले पर्यटनमन्त्री तारणीदत्त चटौतको राजनीति पनि झन्डै समाप्त पार्यो […]
सदावहार झगडिया पार्टी बनेको राप्रपा फेरि फुट्दै
काठमाडौं, ९ साउन । पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विवाद र विग्रह हुनु कुनै नयाँ घट्ना होइन । बरु अनौठो त त्यतिबेला मान्नुपर्छ, जतिबेला राप्रपामा कुनै कचिंगल र विवाद हुँदैन । अब फेरि राप्रपा विभाजनकाे संघारमा पुगेकाे छ । केही समय अगाडि मात्रै एक ठाउँमा अाएका राप्रपाका नेताहरु फेरि फुटेर अाअाफ्ना गुटका अाअाफ्नै […]











